काठमाडौं । इलाम सोसाइटी युकेको अध्यक्षमा प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । सोसाइटीको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले प्रमिलालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

शुक्रबार सम्पन्न अधिवेशनले आगामी ३ वर्षका लागि प्रमिलालाई अध्यक्षमा चयन गर्दै टेक राई र सुमित्र लिम्बुलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै महासचिवमा धन राई, सचिवमा याम गुरुङ, कोषाध्यक्षमा घनश्याम गुरुङ, सहकोषाध्यक्षमा मुना राना, प्रमुख संयोजकमा ईन्द्र राई निर्वाचित भएका छन् भने मिडिया तथा पीआरमा कृष्णबीर तामाङ, वेव मास्टरमा पाल्जर लामा, साँस्कृतिक तथा साहित्यमा चोक गुरुङ, स्पोटर्स आईसीमा धन (अशोक) राई, सह स्पोटर्स आईसीमा लिला गुरुङ चयन भएका छन् ।
सोसाइटीका पूर्वअध्यक्ष तथा निर्वाचन मण्डलका प्रमुख निर्वाचन आयुक्त राजेन्द्र राइलगायतको मण्डलले शपथ गराएको थियो । निर्वाचन मण्डलमा पूर्वमहासचिव खड्क राई र पूर्वअध्यक्ष कमल राई सदस्य थिए ।
यसअघि ईलाम सोसाइटी युकेको उपाध्यक्ष पदमा रहेर महत्वपूर्ण जिम्मेवारी निभाएकी प्रमिला लाबुङ राई नेपाली समुदाय बेलायतमा परिचित नाम हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको अध्यक्ष रहेकी लाबुङ राई लामो समयदेखि रेडियो बिजिडब्लुएसको प्रवन्धक एवं प्रस्तोताको रुपमा कार्यरत छिन् । त्यस्तै, ग्रेटर रस्मोर नेपाली कम्युनिटी युकेको वर्तमान महासचिवसाथै विभिन्न संघसंस्थामा आवद्ध छिन् ।
सोसाइटी सन् २००९ मा स्थापना भएको हो । त्यस्तै, अधिवेशनले सोसाइटीका पूर्वअध्यक्षहरु राजेन्द्र राई, कमल राई, खड्क राई, गोपाल गिरी, निवर्तमान महासचिव रोशु पराजुली कटुवाल, गजेन्द्र कटुवाल र कृष्ण देवानलाई संस्थाको सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लाबुङ राईले समाजलाई अझ थप उचाईमा पुरयाउने विश्वास व्यक्त गर्दै निर्वाचन समिति, सल्लाहकार, सदस्य लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
साधारणसभामा सोसाईटीका अध्यक्ष गोपाल गिरीले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष टेकबिर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।
सोसाइटीका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न १२ औं साधारणसभालाई महासचिव रोशु पराजुली कटुवालले संचालन गरेकी थिइन् ।






