आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धी तालिम

SHARE:

काठमाडौं । चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धी पैरवी तथा नेतृत्व क्षमता विकास तालिम पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको छ ।

आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो । आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकारहरू, खाद्य अधिकार, खाद्य अधिकारका लागि स्रोतहरू लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

तालिममा राक्सिराङका २७ महिलासहित ४४ जनाको सहभागिता रहेको थियो । आदिवासी जनजाति महिला समूह नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मी गुरूङ, मकवानपुर जिल्ला संयोजक उर्मिला पुलामी मगर लगायतले सहजिकरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!