लन्डन । साउथ इस्ट लन्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको छ । उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल, वुलवीच लन्डनमा लगिएकोमा सोमबार राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
चितवन बसैनीका अर्याल करिब २३/२४ वर्षदेखि लन्डनमा बस्दै आएको बुझिएको छ । चितवन एड ट्रष्ट यूकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन । उनी श्रीमती र एक छोरा, एक छोरीका साथ लन्डनमा रहेको बुझिएको छ । उनको मृत्युको कारण पत्ता लाग्न ७२ घण्टा लाग्ने बताइएको छ ।







