मिर्गौलापीडित मुनालाई यूकेबाट श्रीप्रसाद पुनले गरे ५० हजार सहयोग [एभरेस्ट टाइम्स समाचार प्रभाव]

SHARE:

लन्डन । विगत पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित ललितपुरको गोदावरी नगरपालिका–६ की ३५ वर्षीया मुना थापालाई बेलायतबाट ५० हजार रुपैयाँभन्दा बढी सहयोग उपलब्ध भएको छ ।

बर्न्ट ओक लन्डनवासी श्रीप्रसाद चोचाङ्गी पुनले मंगलबार ५० हजार ८७३ रुपैयाँ सहयोग पठाएको मुनाका श्रीमान् हिराकाजी क्षेत्रीले जानकारी गराएका छन् । लामो समयदेखि उपचार गराइरहेकी मुनालाई उपचार र दैनिक खानपानमा आर्थिक अभाव भएको समस्याबारे एभरेस्ट टाइम्सले ‘मिर्गौला रोगबाट पीडित ३५ वर्षीया मुनालाई उपचार र खानपिनकै समस्या, सहयोगको अपिल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

सहयोग पठाएपछि भउचर फेसबुकमा पोस्ट गर्दै श्रीप्रसादले लेखेका छन्,’दीनदु:खीहरुलाई सहयोग गर्ने बानी गरौं…देश सक्किएला तर नेपाली मन, ममता र माया सक्किने छ‌ैनन्!’ पर्वत जिल्ला ओख्रेनी गाउँका पुन श्रीमती, दुई छोरी, १ छोरासहित हाल बर्न्ट ओक लन्डन बस्दै आएका छन् । उनले काफलडाँडा पहिरोपीडितको सहयोगार्थ मंगलबार नै काफलडाँडा कोर्डिनेटिङ टिम यूकेको अभियानमा १ लाख रुपैयाँ सहयोग दिएका छन् ।

मिर्गौलापीडित मुना हाल धापाखेलस्थित सुमेरु अस्पतालमा डायलाइसिसलगायत उपचार गराइरहेकी छन् । अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. विक्रम वीर बज्राचार्यका अनुसार उनको २०७९ पुस २२ गतेदेखि नियमित डायलाइसिस भइरहेको छ। पीडित मुना थापाले आफ्नो उपचार, कोठा र खानपानमा समस्या परेकोले देश विदेशमा रहनुभएका नेपालीलाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

केही दिनअघि तिहार पर्वका अवसरमा मुनाको डेरामै पुगेर अमेरिका निवासी चलचित्र निर्माता तथा नायिका एन्सर्ज गुरुङले १० हजार रुपैयाँ र सञ्चारकर्मी टीकाराम तामाङले औषधि र खानपिनमा केही सहजता होस् भन्ने उद्देश्यले ५ हजार रुपैयाँ सहयोग गरेको हिराकाजी क्षेत्रीले जानकारी गराए । मुनाको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले उनका पति हिराकाजी क्षेत्रीलाई मोबाइल नम्बर ९८२२४९००५० मा सम्पर्क गर्न सक्नेछन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!