गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत आयोजना हुन गइरहेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई सफल, भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले २४ नोभेम्बर २०२६ मा सम्मेलनको तयारी बैठक सम्पन्न भएको छ।
मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीहरू, पूर्व अध्यक्ष राजेन्द्र कुमार शर्माज्यू, मध्यपूर्व क्षेत्रीय समितिका पदाधिकारीहरू, आईसीसी सदस्यहरू, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा सम्मेलनको समग्र तयारी, व्यवस्थापन, आवश्यक समन्वय, सहभागिता तथा सम्मेलनलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा विस्तृत छलफल तथा विचार–विमर्श गरिएको थियो। साथै, सम्मेलनलाई साझा अभियानका रूपमा आत्मसात् गर्दै सबै पक्षबीच एकता, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
बैठकमा आफ्नो अमूल्य समय प्रदान गरी सक्रिय सहभागिता जनाउने संघका आईसीसी पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्मा, महासचिव डा.चिरञ्जीवी खड्का, उपमहासचिव मोहमद मुक्तदा मुसलमान, दिनेश घिमिरे, अनुजा प्रधान सम्पूर्ण आईसीसी पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, मध्यपूर्व क्षेत्रीय समितिका पदाधिकारीहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्ष तथा पदाधिकारीलगायत उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ ।






