१० पाउण्डको चिठ्ठामा आउडी कार चढ्ने कि?

SHARE:

–एटा संवाददाता ।
क्याम्बर्ली । युके मोटर जोनले १६ औं गोर्खा कपको अवसरमा आउडी कार चिठ्ठामा राख्ने भएको छ । तमुधिं युकेको आयोजनामा आउँदो २७ मे २०१८ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यूमा सम्पन्न हुन लागेको गोर्खा कप फुटबल प्रतियोगितामा १० पाउण्डको टिकटमा आउडी कार चिठ्ठामा राखिएको हो । क्याम्बर्ली अवस्थित सो मोटर जोनका प्रबन्ध निर्देशक बिप्लब गुरुङका अनुसार ‘नाफा कमाउन भन्दा पनि मार्केटिङ्गका लागि सो चिठ्ठा दर्शकहरुबीच राखिएको’ बताए ।

गत बर्षको गोर्खा कपमा ‘मिनी कुपर’ कम्पनीको कार चिठ्ठामा राखिएको बताउदै यसबर्ष आउडी राखिएको हो । युके कार जोनले कार मर्मत तथा संहार गर्नुका साथै खरिद बिक्री समेत गर्दै आएको छ ।

करीब १० हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहदै आएको गोर्खा कपमा करीब ४० भन्दा बढी आर्ट एण्ड ग्यालरी १० वटा रेष्टुरेण्ट र विभिन्न च्यारिटीमूलक संस्थाहरुको स्टल रहनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!