कोरोना महासंकटबाट पार पाउन सबैले आ-आफ्नो दायित्व पूरा गरौं : उपसभामुख तामाङ

SHARE:

काठमाडौं । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट निम्तिएको महासंकटबाट पार पाउन राज्यसँगै सबै नागरिकले आ-आफ्नो दायित्व पूरा गर्न आग्रह गरेकी छन् ।

कोरोना सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै उपसभामुख तामाङले सबैले आत्मअनुशासन कायम गर्नसमेत आग्रह गरिन् । ‘यो महासंकटबाट पार गर्नका लागि हरेक नागरिकले राज्य सँगसँगै मेरो पनि दायित्व हो भनेर लागि परौं । सबैले आत्मअनुशासन कायम गरौं र कोरोना महामारीको महासंकटमाथि विजय हासिल गरौं,’ उपसभामुख तामाङको आग्रह छ, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं ।’

महामारी फैलिसकेपछि पछुताउनुभन्दा बेलैमा सजग भएर नियम पालना गर्न हामी सबैले ध्यान दिनुपर्नेमा उपसभामुख तामाङको जोड छ । नागरिकको आधारभूत आवश्यकता र स्वास्थ्य सुविधाको लागि राज्यले प्रयास जारी राखेको भन्दै उनले तीन तहका सरकारले महामारीसँग जुध्न तयारीलाई तीव्र पार्नुपर्ने बताएकी छन् । ‘स्थानीयस्तरसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुका लागि सुरक्षा सामग्रीहरुको व्यवस्थाका लागि तीनै तहका सरकारले गति बढाउन जरुरी छ’ उनको सन्देश छ ।

आफू सँधै निर्वाचन क्षेत्र, जिल्लावासी र सबै जनताको साथमा रहेको जनाउँदै उपसभामुख तामाङले चाहना भए पनि भूकम्पको बेला जसरी राहत बाँड्दै हिँड्ने बेला अहिले नभएको प्रस्ट पारिन् । ‘सरकारका तयारीमा हामी जनप्रतिनिधिले सहजीकरण गर्ने हो, गरिराखेका छौं । तर भूकम्पको बेला रासन बाँडेजस्तो जनप्रतिनिधिहरु गाउँगाउँमा बाँड्दै हिँड्ने बेला यो होइन । हामी तपाईंहरुसँगै हुनेछौं, आवश्यक समन्वय, सञ्‍चार सम्पर्क गरिराखौं’ भन्दै उनले सरकारलाई आग्रह गरिन्, ‘आधारभूत उपभोग्य वस्तुहरुको आपूर्तिमा सहजीकरण र अनुगमन गरी जनताले राज्यको अनुभूति गर्ने वातावरण सरकारले बनाउनुपर्दछ ।’ यतिबेला जनतालाई राहतको अनुभूति गराउने कार्यमा नागरिक, व्यवसायी र सरकारको समन्वयबाट मात्र सम्भव हुने उनको भनाइ छ ।

सरकारले गरेको लकडाउनलाई आफ्नै लागि सम्झेर सबै नागरिकहरुले पालना गरिदिन उपसभामुख तामाङले आग्रह गरेकी छन् । उनले सहर छोडेर गाउँमा जाने वा घरभित्र रहेरमात्रै सुरक्षित नहुने भन्दै जहाँ बसे पनि भीड नगर्ने, एक अर्काको बीचमा दूरी कायम राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाले मुख छोप्ने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानीटाइजर लगाउनेजस्ता सुरक्षाका विधिहरु पालना गर्नु मुख्य कुरा रहेको उल्लेख गरेकी छन् ।

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!