लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए ।
कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो । सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उहाँको अवस्था सामान्य रहेको सोमबार बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन् ।







