तमु धिं नेपाल र क्षेत्रीय समाजहरुबाट प्रदेश सरकारलाई ५ लाख सहयोग

SHARE:

हुम तम

पोखरा, १० बैशाख। गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा तमु धिं नेपालले ५ लाख रुपैया हस्तान्तरण गरेको छ। कोरोना भाइरसको महामारीको नियन्त्रण गर्न स्वास्थ्य सामग्री खरिद र संक्रमितको उपचारका लागि तमु धि नेपाल र तमु धिं अन्र्तगतका क्षेत्रिय तमु समाजहरुको तर्फबाट तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहयोग ग्रहण गर्नुहुदै मुख्यमन्त्री गुरुङले यो संकटको बखत कति होइन को कसले सहयोग गरे प्रमुख हो भन्दै तमु धिं र तमु समाजहरुको पूर्ण सदुपयोग हुने बताउनुभयो। देशको सिमा लकडाउन बढाउनुपर्दछ भन्नुहुदै उहाँले नेपालको लकडाउन भारतको लकडाउनले निर्धारण गर्ने बताउनुभयो।तर विकास निर्माण अघि बढाउने, कलकारखाना सञ्चालन, खेतिपाती कृषिलाई खुल्ला गर्दै लैजानुपर्ने भनाई उहाँको थियो ।आन्तरिक लकडाउनलाई व्यवस्थित बनाउदै जुनकुनै बेलाको विपत्ति, समस्या थेग्नै संरचना जरुरी रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो।

राहतको मापदण्ड बनाए पनि आफुलाई भोट, आफ्ना मान्छे, कार्यकर्ता, उर्दी फिजाएर राहत बाड्नाले राहतको सदुपयोग नभएको गुनासो गर्नुहुदै उहाँले तत्कालै पाउनुपर्नेले राहात नपाएकाले मजदुर सडकमा हिड्ने अवस्था आएको गुरुङले दावी गर्नुभयो। हातैभर औठी लगाउनेहरु पाँच दश किलो राहतको लाइनमा लाग्ने नेपालीको बानीले राहत वितरणमा समस्या आएको बताउनुहुदै तर पनि जनता भोकै हुनुहुदैन, तीन तहको सरकारले व्यवस्था गर्ने बताउनुभयो। सहयोगी तमु धिं र क्षेत्रीय तमु समाजहरुलाई दुख र सुखमा सँग सँगै हिड्न मुख्यमन्त्री गुरुङ आग्रह समेत गर्नुभयो।

उक्त अवसरमा तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालबाट १ लाख २८ हजार ४२८ रुपैया, ब्रेजमेश्रो घान्द्रुक तमु समाज २६ हजार, चारभञ्ज्याङ तमु समाज २५ हजार, पैयुँखोला तमु समाज २५ हजार, नागबेली तमु समाज २५ हजार, फिर्के तमु समाज १५ हजार, बगालेटोल तमु समाज १५ हजार, बगर तमु समाज १५ हजार, सिद्धार्थ तमु समाज १५ हजार, रुपा तमु समाज १५ हजार, भिमकाली पाटन तमु समाज १५ हजार, तमु सहयोग समिति पार्दी १५ हजार, भुपु सैनिक क्लव पोखरा १ बगर १५ हजार, सिमपानी तमु समाज ११ हजार १११, जोगीमणी तमु समाज ११ हजार ५, चिउलीपार्चे तमु समाज ११ हजार, ताङतिङ दुधपोखरी तमु समाज ११ रुपैया, कोल्माबहाकोट तमु समाज १० हजार ५ सय, जनकल्याण तमु समाज १० हजार ५ रुपैया, फूलवारी तमु समाज १० हजार, हिमाली गुरुङ परिवार १० हजार, सोपाल तमु समाज १० हजार, याङ्जाकोट तमु समाज १०हजार, गलेम राँपु तमु समाज पोखरा १० हजार, नादा तमु समाज ८ हजार, नौलोसम्झना तमु समाज ७ हजार, मिलिजुली बिजयपुर तमु समाज ५ हजार ५५५ रुपैया, बरालडाडा तमु समाज ५ हजार, बाझापाटन तमु समाज ५ हजार, तमु सेवा समिति नयाबजार ५ हजार संकलित भएको रकम कोरोना भाइरस नियन्त्रण र संक्रमितको उपचारमा सघाउ पुगोस भनि संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै समुदायको भावना मिसाएको बताउनुभयो। उहाँले अहिले राहत वितरण लक्षित समक्ष पुग्न नसकेको अर्थात दुरुपयोग भएको क्षेत्रीय समाजहरुको गुनासो समेत सुनाउनुहुदै भाइरस नियन्त्रण र संक्रमितको उपचारलाई ध्यान दिन आग्रह समेत गर्नुभयो। संकटमा तमु धिं नेपाल सँगै छ मुख्यमन्त्रीले भन्नुस हामी अझै कति कस्तो सहयोग गरौं भन्दै कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले विकास निर्माण र मुलुक समृद्धिमा तमु धिं सधै साथै रहेको बताउनुभयो। हामीले यसअघि पनि प्रदेश सरकारलाई तमु धिं र क्षेत्रीय समाज भवनहरु क्वारेन्टाइनका लागि उपलब्ध गराउने निर्णय हस्तान्तरण गरेको सस्मरण गराउनुहुदै उहाँले सरकारसँग दुख सुखमा आफुहरु हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!