काठमाडौं । नेपालमा फेरि १ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा अद्यावधिक गरेको विवरण अनुसार नयाँ १ जनामा कोभिड १९ पुष्टि भएको हो । मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । पछिल्लो संक्रमित सँगै नेपालमा कोरोनाको बिरामी ४८ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
बिहीबार दिउँसो मात्रै थप २ जनामा संक्रमण पुष्टि भएका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका थिए ।







