काठमाडौँ । शेष घलेले कोरोना उपचार तथा नियन्त्रणका लागि ३ करोड रुपैयाँ सहयोग गरेका छन् । शेष घले र जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेशनले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका हुन् ।
आइतबार कोषका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक प्रदान गरेका हुन् । लकडाउनका कारण आफू स्वयंम उपस्थित हुन नसकेको जनाउँदै घलेले वक्तव्यमार्फत आफूले सहयोग गरेको रकम नेपाल सरकारले कोरोना उपचार, रोकथाम तथा निगरानीका लागि सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।






