नेपालमा बन्दाबन्दी वैशाख २५ गतेसम्म गर्ने निर्णय

SHARE:

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गर्दै आएको बन्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५ गते मध्यरातिसम्म थप १० दिन बन्दाबन्दी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । अन्तरराष्ट्रिय सीमा नाकाहरुबाट आवागमन गर्न वैशाख ३१ बुधबार मध्यरातिसम्म बढाइएको छ । “बाह्य जगत्बाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तरराष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो”, मन्त्री डा खतिवडाले भने । यसअघि वैशाख ३ देखि १५ गतेसम्मका लागि बन्दाबन्दी लम्ब्याउने सरकारले निर्णय गरेको थियो । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो ।

यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा खतिवडाले भने, “दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!