मिडियामा भविष्य खोज्दै पुनम

SHARE:

सञ्चारमाध्यम अहिलेको युगमा एउटा सशक्त माध्यम हो । जसबाट आम मानिसले आपूmलाई दुनियाँसँग जोड्ने काम गरेको हुन्छ । अहिलेको युगमा सञ्चारका साधन तथा इन्टरनेटको माध्यमबाट जोकोही पनि गाउँ सहर र दुनियाँको खबर तुरुन्तै थाहा पाउन तत्पर र सक्षम हुन्छ । त्यसैले पनि सञ्चारजगत्मा काम गर्ने यसै क्षेत्रमा आफ्नो भविष्य बनाउने सपना देख्नेहरुको कमी छैन । यही सपनाको भीडमा आफूलाई समाजसँग स्थापित गर्ने होडमा छिन् पोखराकी पुनम गुरुङ

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ स्थायी घर भई हाल पोखरा–१३ कमलपोखरी बस्दै आएकी पुनम ह्वाईट लोटस् स्टुडियो पोखराले तयार पार्ने गुरुङ भाषाको टेलिभिजन कार्यक्रम ‘तमुमै ताँ’ अर्थात् गुरुङहरुको कुरामा प्रस्तोताको रुपमा विगत दुई वर्षदेखि काम गर्दै आएकी छिन् । जुन कार्यक्रम एबीसीं टिभिमा विगत लामो समयदेखि प्रसारण हुँदै आएको छ ।

बाबा गोविन्दबहादुर र आमा नखुमाया गुरुङकी छोरी पुनम अहिले पोखराको पृथ्वीनारायण क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत छिन् । लामो समयदेखि तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिमा आबद्ध रहेर काम गरेकी पुनम अहिले युवा समितिको सहसचिव पनि हुन् भने कमलपोखरी युवा क्लबका सचिव । नृत्य र अभिनय विधामा पोख्त उनले गुरुङ भाषाको चलचित्र ‘प्हा/पा’ (रक्सी) मा नायिकाको रुपमा अभिनय गरेकी छिन् भने मार्गी गाउँको म्युजिक भिडियो तथा फोटोग्राफर मिलन तमुद्वारा रचना गरिएको कौरा गीत रोधी घरको आँगन एवं गमबहादुर गुरुङ र क्या.डेमबहादुर गुरुङको रचना रहेको ङयो तमुमै खन टिलै खना ह्यालै क्होइबो धिं लल तो मु बोलको गीतमा मोडलको रुपमा अभिनय गरेकी छिन् ।

चलचित्रमा अभिनय गर्नु र टेलिभिजनको पर्दामा कार्यक्रम सञ्चालन गर्नु फरक विषय भए तापनि दुवै उत्तिकै कठिन काम रहेको उनको भनाइ छ । तर, बढी रुचि भएका कारण आफू सञ्चार क्षेत्रलाई नै निरन्तरता दिने सोचमा रहेको उनी बताउँछन् । ‘मलाई लाग्छ यो क्षेत्र एकदमै गहिरो र फराकिलो छ यसको महत्वलाई बुझेर अघि बढ्न सके जोकोही पनि धेरै माथि जान सक्छ’ उनी भन्छिन् ।

भविष्यमा तमु जातिको मात्र नभई सबै आदिवासी जनजातिका विषयलाई समेटर अझ राम्रो कार्यक्रम उत्पादन गर्ने इच्छा उनको छ । करिब दुई वर्षसम्म तमुमै ताँ सञ्चालन गर्ने दौरानमा दर्शकबाट पाएको विभिन्न सकरात्मक प्रतिक्रियाले हौसिएका पुनमले अहिलेसम्म करिब ९५ वटा कार्यक्रमको श्रृङ्खला दर्शकसामु पस्किसकेका छन् । तमुमै ताँ तयार गर्ने क्रममा विषयवस्तु खोज्नका निम्ती पुनमले धेरै तमु गाउँहरुको भ्रमण गरेकी छिन् । त्यतिमात्रै नभएर चलचित्र प्रदर्शनको क्रममा हङकङसम्मको यात्रा पनि गरेकी छिन् भने तमु प्ये ल्हु संघको केन्द्रीय कलाकार समूहमा रहेर भारतको नयाँदिल्लीलगायत नेपालका विभिन्न भागमा पुगेर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
प्रस्तुति : रोशनी गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!