
ले.रि. सुनिल राना, अध्यक्ष मगर संघ युके
एटा अनलाईन संवाददाता ।
लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट प्रभावित वृद्धवृद्धाहरुको सहयोगमा मगर संघ युकेका युवाहरु जुटिरहेको मगर संघ युकेले जनाएको छ । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले नेपाली समुदायलाई के कस्तो असर पारिरहेको छ भन्ने बिषयमा बेलायतस्थित केहि नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत कुराकानी गर्ने क्रममा मगर संघ युकेका युकेका अध्यक्ष ले.रि.सुनिल रानाले उक्त जानकारी गराएका हुन् ।
लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट प्रभावित वृद्धवृद्धाहरुको सहयोगमा मगर संघ युकेका युवाहरु जुटिरहेको मगर संघ युकेले जनाएको छ । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले नेपाली समुदायलाई के कस्तो असर पारिरहेको छ भन्ने बिषयमा बेलायतस्थित केहि नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत कुराकानी गर्ने क्रममा मगर संघ युकेका युकेका अध्यक्ष ले.रि.सुनिल रानाले उक्त जानकारी गराएका हुन् ।
अहिले सिंगो विश्वनै भाईरससंग जुधिरहेको अवस्थामा बेलायतमा बस्ने थुप्र्रै नेपालीहरु पनि प्रभावित भएका छन् । यसबीच बेलायतमा रहेका कतिपय नेपालीहरु बेरोजगार भएका छन् भने कतिपय नेपालीहरु फ्रन्टलाईनमा जोखिम मोल्दै काम गरिरहेको छन् । त्यस्तै, कतिपय अस्पताल र घरमै आईशोलेशनमा रहेर कोरोना भाईरससंग लडिरहेका छन् ।
बेलायतमा एक लाख भन्दा बढीको संख्यामा नेपालीहरु रहेको अनुमान गरिन्छ । बिशेषगरी भूतपूर्व ब्रिटिश गोर्खा सैनिक र तीनका परिवारलाई बेलायतमा बस्ने अनुमति दिएपछि बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि भएको हो । धेरैजसो वृद्धवृद्धा र दिर्घकालिन रोगबाट पीडित रोगीहरु छोटो कोरोना भाईरसबाट प्रभावित हुने विज्ञहरुको भनाई छ । र, बिशेषगरी त्यस्ता वृद्धवृद्धा र रोगीहरुलाई घरबाट ननिस्कन समेत बेलायत सरकारले अनुरोध गर्दै आएको छ । जसका कारण बेलायतमा रहेका वृद्ध भूतपूर्व गोर्खा तथा उनका परिवारहरु मार्चको दोस्रो हप्ता देखिनै घरमै लकडाउनमा छन् । महामारीका कारण बिशेषगरी वृद्धवृद्धाहरु आत्तिएका छन्, सबैमा डर र त्रास छाएको छ, कतिपय वृद्धवृद्धाहरु एक्लाएक्लै बस्छन्, त्यस्ता वृद्धवृद्धाहरुलाई सहयोग गर्न मगर संघ युकेका ८ जना मगर युवाहरु सक्रिय रुपमा लागिरहेको मगर संघ युकेका अध्यक्ष ले.रि. राना बताउँछन् । उनका अनुसार ती युवाहरुले औषधी ल्याईदिने, सपीङ्ग गरिदिने, आवश्यक परे ट्रान्सलेशन लगायत सहयोगहरु गरिरहेका छन् ।
साथै, उनले बेलायतमा एनआरएनए युके, नेपाली राजदूतावास, ग्रेटर रस्मुर नेपाली कम्युनिटी लगायत थुप्रै संघसंस्थाहरु जुटिरहेको अवस्थामा मगर संघ युके पनि महामारीको शुरु भएदेखिनै जुटिरहेको बताए । उनले आप्mना संघका सदस्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको भएता पनि बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई समेत सहयोग गरिएको बताउँछन् । साथैसाथै, आपूmहरुले उक्त महामारीबाट नेपालमा प्रभावित भएकाहरुलाई समेत सहयोग गर्ने उद्देश्य अनुरुप मगर संघ नेपालमार्फत एक लाख रुपैयाँ नेपाल पठाईको जानकारी दिए ।
बेलायतका विभिन्न सहरमा रहेका मगर संघ युकेका १२ वटा शाखामार्फत बेलायतभर छरिएर रहेका मगर लगायत नेपालीहरुको अवस्था जानकारी प्राप्त भैरहेको अध्यक्ष ले.रि. रानाले बताए । तर, कोरोना भाईरसका कारण मगर संघ युकेका केहि सक्रिय सदस्यहरु प्रभावित भएको भएता पनि तर हालसम्म मृत्यु भने नभएको मगर संघ युकेका अध्यक्ष ले.रि. रानाले जानकारी दिए ।
मगर संघ युके बेलायतमा रहेका नेपाली संघसंस्था मध्येको एक सक्रिय संस्था हो । जसको आप्mनो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००२ सालमा स्थापना भएको हो । नेपाली ओपन कन्सर्ट मगर संघ युकेको एकदमै लोकप्रिय कार्यक्रम हो ।
कोरोना भाईरसका कारण तयारीको अवस्थामा रहेको नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप, यलम्बरहाङ्ग फुटबल प्रतियोगिता, नेपाली ओपन कन्सर्ट, नेपाल तथा इंल्याण्डबीच पहिलोपटक बेलायतमा आयोजना हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु स्थगित भएको छ ।
बेलायत गत २४ मार्च देखि देशभर लकडाउनको अवस्था छ । यसबीच बेलायतमा करीब १० दश लाखजनामा परिक्षण गरिएकोमा करीब एक लाख ७७ हजार भाईरसबाट प्रभावित भएका छन् । जसमध्ये कोभिड–१९ ले हालसम्म करीब २७ हजार ५०० जनाको ज्यान गएको गैसकेको छ






