बिसीसी युके लण्डनद्वारा पोखरामा राहत वितरण

SHARE:


हुम तमु
पोखरा, २० बैशाख
बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके लण्डन ब्राञ्चद्धारा कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण गरेको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लामो लकडाउनले विपन्न वर्ग, दृष्टिविहिन, अपांग, असहाय दीर्घ रोगीहरु सबैभन्दा बढी समस्या परेको भन्दै बिसिसि युके लण्डन ब्राञ्चले संजीवनी दिदिबहिनी केन्द्र मार्फत शनिवार पोखरा महानगरपालिका वडा नं.२७ रिठेपानी र पोखरा ८ चिप्लेढुंगामा ८६ परिवारलाई खाद्यान्न लगायत सामाग्री राहत र दुई जना दिर्घरोगीलाई नगद राहत गरी २ लाख २९ हजार  रुपैयाको राहत वितरण गरेको हो।विश्वब्यापी महामारीको बेला युके नै अतिप्रभावित भइरहेको अवस्थामा युकेको लण्डनमा क्रियाशील धार्मिक संस्था बिसिसि युके लण्डन ब्राञ्चले आहात भएको मनलाई राहत प्रदान गर्दै उदाहरणीय सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं.२७ रिठेपानीमा बिहान आयोजित कार्यक्रममा राहत अतिआवाश्यक रहेका सुकुम्बासी, अपांग, सुत्केरी, जेष्ठ नागरिक लगायत असहाय ६४ परिवारलाई चामल, दाल, तेल लगायतको खाद्य सामग्री संजीवनी दिदिबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ लगायत कार्यसमिति, युकेबाट आउनुभएकी डा.प्रतिमा गुरुङ, पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय राजजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङले राहत वितरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा संजीवनी दिदिबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङले संस्थाको परिचय, सहयोगी संस्था बिसिसि युके लण्डन ब्राञ्च र संयोजन तथा सहयोगदाताहरुको विवरण प्रस्तुत गर्नुहुदै लकडाउनबाट अति नै प्रभावित विपन्न वर्ग अर्थात अति समस्यामा परेकाहरुको पहिचान गरी राहत वितरण गरेको बताउनुभयो।रिठेपानीमा राहत वितरणका लागि वडा अध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय राजजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतको समन्वयको सहयोग र युकेका सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

वडाअध्यक्ष पुर्णकुमार गुरुङले कोभिड १९ ले विश्व आक्रान्त भईरहेको बेला युकेबाट संजीवनी दिदिबहिनी हुदै आफ्नो वडाको अति नै समस्यामा रहेकाहरुलाई राहत प्राप्त भएकोमा भएकोमा धन्यवाद दिनुहुदै सहयोगदाताहरु नाम पोखरा महानगरपालिकामा दर्ता गरी राख्ने समेत बताउनुभयो। कार्यक्रम संचालन संजीवनी दिदिबहिनी केन्द्रकी सचिव कौशिला गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रम पश्चात रिठेपानी कै दुवै मिर्गौला पिडित यमबहादुर गुरुङ १० र क्यान्सर पिडित कुमारी बिकलाई १० हजार रुपैया बिसिसि युके लण्डन ब्राञ्चको राहत संजीवनी दिदिवहिनीकी अध्यक्ष बिना गुरुङले हस्तान्तरण गर्नुभएको थियो।

यसरी नै शनिवार पोखराको चिप्लेढुंगामा कार्यक्रम आयोजना गरी १५ जना दृष्टिबिहीन र ७ जना विपन्न असहाय परिवारलाई संजिवनी दिदिवहिनी मार्फत बिसिसि युके लण्डनको राहत वितरण गरिएको छ । राहत स्वरुप २२ परिवारलाई चामल, दाल, तेल,मास्क, सेनिटाइजर,साबुन वितरण गरिएको संजीवनी दिदिवहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङले जानकारी दिनुभयो।

युकेमा १ लाख ७७ हजार भन्दा वढी संक्रमित, तीस बढी नेपालीहरुसहित २७ हजार ५ सय भन्दा बढीको मृत्यु भई अत्यन्तै महाव्याधिको अवस्थामा पनि जन्मभुमि नेपालका नेपालीहरुको पिडामा थोरै भए पनि मल्हमपट्टि लगाउन बिसिसि युके लण्डन ब्राञ्चकी आमा प्रमुख, सामाजिक अभियन्ता अन्तिम गुरुङको पहलमा इष्टमित्र, साथीहरुसँग २ लाख २९ हजार संकलन गरी अति समस्यामा परेकाहरुलाई राहत वितरण गर्न संजीवनी दिदिवहिनी केन्द्रलाई रकम पठाइएको बिसिसि लण्डनका अध्यक्ष गमरसिंह घलेले बताउनुभयो।आफुहरु युकेमा कार्यरत रहे पनि नेपाल र नेपालीको हरेक दुःख सुखमा बिसिसि लण्डन र आफुहरु रहेको समाजसेवी, सामाजिक अभियन्ता अन्तिम गुरुङले बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!