उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

SHARE:

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन् । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहेको हल्ला चरिरहेका बेला उनी सार्वजनिक भएका हुन् । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएको थिएन ।

सरकारी सञ्चार माध्यमले उहाँ दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक भएका हुन् ।

समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काट्नु भएको तस्बिर सार्वजनिक गरिएको छ । कार्यक्रममा किमसँगै उनकी बहिनी किम यो जङ पनि देखिएकी छन् ।
उनी सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी भएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।

उनका आफ्ना हजुरबुवाको जन्मजयन्ती समारोहमा उनको अनुपस्थितिलाई आधार मनेर उनलाई अस्वस्थ भएको दाबी गरिएको थियो ।

उत्तर कोरियाली पात्रोमा उनका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उनी अघिल्ला वर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्थे । यस पटक भने अनुपस्थित भएकाले उनको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ल चलेको थियो ।

उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिँदै चासो देखाएका थिए । उनले किम आफ्नो अति अनत्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिएका थिए । अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!