भूतपूर्व गोर्खा सैनिकलाई स्वास्थ्य सेवा लिन गाह्रो: एफएनजे युके

SHARE:

फोटोः मिलन तमु

लण्डन । बेलायतमा रहेका वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकहरुले भाषाको कारण कोरोना सम्बन्धि जानकारीका साथै स्वास्थ्य सेवा लिन गाह्रो भएको बताएका छन् ।  नेपाल पत्रकार महासंघ युके शाखाले गरेको एक नमूना सर्वेक्षणमा उनीहरुले त्यस्तो बताएका हुन्। कोरोना भाइरसका बारेमा बेलायतमा रहेका ६५ वर्ष माथिका ज्येष्ठ भूतपूर्व सैनिक र उनका परिवार कति जानकार छन्,  उनीहरु समुदायबाट कस्तो सहयोग चाहन्छन्, मिडियाबाट कस्ता सामग्रीको अपेक्षा राख्छन्, आवश्यक परेमा स्वास्थ्य सेवा लिन सक्छन् कि सक्दैनन् लगायतका विषयमा नेपाल पत्रकार महासंघ युके (एफएनजे) शाखा ले एक नमुना सर्भे गरेको थियो । सो सर्भेबाट प्राप्त तथ्यांकका आधारमा निम्न बमोजिमको निस्कर्ष निकालिएको छ:

  • धेरैजसो गोरखा भूतपूर्व सैनिक र उनको परिवारले कोभिड १९ का बारेमा सुनेको र यसबाट बच्ने उपायका बारेमा परिचित भएको बताए । उनीहरुका लागि सबैभन्दा महत्वपूर्ण सूचनाको स्रोत रेडियो बीएफबीएस, टेलिभिजन र युट्यूब रहेको छ ।
  • उनीहरु कसरी कोभिड १९ बाट सुरक्षित रहने भन्ने बारेमा जानकार रहन चाहन्छन् । आफ्नो आत्मबललाई कसरी दह्रो राख्ने र लकडाउनमा पनि शारीरिक क्रियाकलाप कसरी कायम राख्ने भन्ने बारेमा जान्न चाहन्छन् ।
  • प्रायजसोलाई कोभिड १९ का बारेमा अहिले उपलब्ध जानकारीहरु बुझ्न अफ्ठेरो नरहेको भन्ने छ तर केहीले भाषाका कारण बुझ्न गाह्रो भएको बताएका छन् । उनीहरु जनस्वास्थ्यका जानकारीहरु नेपाली भाषामा भैदिए हुन्थ्यो भन्ने धारणा राख्दछन् ।
  • धेरैले स्वास्थ्य सेवाको पहुँचका लागि समुदायको सहयोग चाहिएको बताए । उनीहरुले प्रेसक्रिप्सन, औषधि संकलन र अपोइन्मेन्टका लागि सहयोगको आवश्यकता रहेको बताए । भाषाको कारण यस्ता काम आफैँ गर्न नसकिएको केहीको भनाइ छ ।
  • प्रायजसोले आफ् वा परिवारका कुनै सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको अवस्थामा स्वास्थ्य सेवाको मद्दत लिने उल्लेख गरेतापनि केहीले स्वास्थ्य संस्थासित पहुँच राख्ने बारेमा अनभिज्ञ रहेको बताए । कतिपयले भाषाका कारण कठिनाइ रहेको पनि बताए ।  

उक्त सर्वेक्षण डिजाइन गर्न बेलायतका विभिन्न विश्वविद्यालयहरुमा जनस्वास्थ्यको क्षेत्रमा अनुसन्धानरत नेपाली अनुसन्धाताहरूले सघाएका थिए।  सर्वेक्षणको निस्कर्षबारे बताउंदै युनिभर्सिटी अफ ससेक्समा जनस्वास्थ्य विषयकी सिनियर लेक्चरर  डा प्रियम्वदा पौड्यालले भनिन्, “अहिले कोरोना संक्रमणको सम्बन्धमा उपलब्ध धेरैजसो सामग्रीहरु अंग्रेजी भाषामा उपलब्ध छन्, तर धेरै वयोवृद्ध भूतपूर्व गोर्खाहरुले अंग्रेजी राम्रोसंग बुझ्नु हुन्न। त्यसैले  गोर्खा समुदायका सदस्यहरुले बुझ्ने गरी सांस्कृतिक तथा भाषिकरुपमा पनि उपयुक्त जनस्वास्थ्य सम्बन्धी सन्देशहरु तयार गरी प्रचार प्रसार गर्न आवश्यक देखिन्छ । “कोरोना संकट लम्बिंदै जांदा बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खाहरुले सूचना र सेवासम्मपहुंचमा के कस्तो समस्या भोग्नु परिरहेको छ भन्ने थाहा पाउन यो नमूना सर्वेक्षण गरिएको नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगीमगरले बताए। उनले जोखिममा परेका भूतपूर्व गोर्खाहरु र उहांहरुका परिवारजनको जीवन रक्षा गर्न बेलायतस्थित नेपाली समुदाय, लन्डनस्थित नेपालीदूतावास तथा स्थानीय निकायहरुलाई अरु बढी सक्रिय हुन आह्वान पनि गरे। उक्त सर्वेक्षणका बारे थप जानकारी चाहिए नेपाल पत्रकार महासंघ युके शाखालाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका  छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!