नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको सल्लाहमा स्थायी कमिटी बैठकको टुङ्गो

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ ।

स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि आज सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्को दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन ।
सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, “अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ ।” पत्रकारले सोधेको अर्को जिज्ञासामा उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बैठकबाट निस्किएका तर अन्यथा केही नभएको प्रष्ट्याए । अध्यक्षद्वयबीच छलफल जारी रहेकोसमेत उनले जानकारी गराए ।

g]skfsf] ;lrjfno a}7s
afn’jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo’lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k”j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k’iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!