भट्टराईले मागे ओलीको राजीनामा

SHARE:

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको छैटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दै नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन् । उनले लोकतन्त्र र कानुनविरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुऱ्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गरे ।

लोकतन्त्रको सुनिश्चिता गर्दै मुलुकलाई राजनीतिको सही बाटोमा हिँडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनको थियो । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै उनले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।
कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रीत हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उनले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यकता औल्याए ।

अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उनले फिर्ता भईहाल्यो भनेर छोड्न नहुने बताए । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको टिप्पणी उनले गरे । लकडाउनको समयमा काठमाण्डौंदेखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाडौंमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उनले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उनले सरकारबाट सुरक्षा निकायहरु प्नि आतंकित बनेको दाबी गरे । उनले सरकारले सुरक्षा निकाय लगायतका संघसस्थाहरु भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए ।

सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रीत कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छबि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए ।
उनले राजनीतिप्रति नै मान्छेको अविश्वास, आशंका र वितृष्णा फैलियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेर मुलुक प्रतिगमन तर्फ जाने खतरा रहेकाले त्यो खतराबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!