बेजिङ्गस्टोक निवासी समाजसेवीहरुद्वारा राहत प्रदान

SHARE:

एटा अनलाईन संवाददाता । 
लण्डन । देश दुख्दा परदेशमा रहेका नेपाली मनहरु हरहमेशा झनै दुख्ने गर्दछ। चाहे त्यो कुनै दैबी प्रकोप होस या आफ्ना कुनै स्वदेशी भाइ बन्धुलाई परेको आपत बिपत होस! कारण बाध्यतावश बिदेसिनु परेका  हरेक नेपालीको तन बिदेशमा रहेता पनि मन भने सधै आफ्नै पाखा पखेरो र डाडांकाडा अर्थात स्वदेशकै सेरो फेरो मा घुमिरहेको हुन्छ। हाल कोरोनाको महामारीले बिश्वभरी नै त्राही त्राही फैलाईरहेको दुखद अवस्थाबाट कोहि पनि अछुतो छैन 
हाल सम्म बिश्वमा २ लाख ८३ हजार ८ सय ७६ जनाको मृत्यू भैसकेको छ भने बेलायतमा पनि ३१ हजार ८ सय ५५ को दुखद मृत्यू भैसकेको छ। हामी नेपालीको सौभाग्य नै भन्नुपर्छ कि अहिले सम्म नेपालमा कोरोनाबाट कसैको ज्यान नगएको तर बिस्तारै संक्रमितको संख्या १ सय २० पुगेको अवस्था छ। जुन चिन्ताको बिषय पक्कै हो र अत्यन्त सजग हुन जरुरी छ। नेपालमा लक डाउन निकै कडिकडाऊका साथ गरिनु पक्कै सकरात्मक पक्ष हो तर लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने श्रमिक/ मजदूरहरु र तिनका परिवार, सडक बाल बालिका, अनाथाश्रम, बृद्धाआश्रम आदीमा आश्रीतहरुलाई भने हात मुख जोर्न धौं धौं परिरहेको अवस्था छ। यस्तोमा  स्थानीय स्तरमै बिभिन्न समाजसेवी, सामाजिक अभियंता, नागरीक समाज र बिभिन्न सामाजिक संघ संस्थाहरु अत्यन्त सकृय रहि राहत सामाग्री बाड्नुका साथै बिहान बेलुकाको तातो खाना खुवाउने स्वयमसेवीहरु सकृयताका साथ लागी परेका छन।
बि एफ बि एस का कार्यक्रम निर्देशक एवम प्रस्तोता बिनोदध्वज खड्का बेलायतबासीको राहत रकम हाम्रो सानो प्रयास समुहलाई अगेनो रेस्टोरेन्ट जावलाखेलमा हस्तान्तरण गर्दै –
हाल बेलायतबासीहरु आफै अत्यन्त संत्रास र चिन्तामा रहेका बेला पनि बेजिङ्गस्टोक निवासी तीन जना समाजसेवी दिदी बहिनीहरुले राहत संकलन गरी करीब एक लाख छप्पन हजार ( रु १,५६,०००/-) रुपैया स्वदेश पठाउन सफल भएका छन। बेजिङ्गस्टोक निवासी पूर्व संचारकर्मी एवम समाजसेवी सुधा गुरुङ्गले ललितपूर क्षेत्रमा सकृय रुपमा राहत स्वरुप दैनिक तातो खाना खुवाउदै आइरहेको “हाम्रो सानो प्रयास” समूहलाई रु पैसठी हजार संकलन गरी पठाएकी छन। सो रकम संकलनमा गुरुङ्गलाई बल थापा, सरला शाही, सबि पुन राना, बिनिता गुरुङ्ग, शोभा राई, यशोदा गुरुङ्ग, सीता थापा, शोभा श्रेष्ठ, ममता राई, रमिता बिजय गुरुङ्ग र गुरुङ्गका बाबा भूतपूर्व डि एस पी नयनसिंह गुरुङ्गले सहयोग पुराएको कुरा गुरुङ्गले बताईन।
सो रकम गुरुङ्गको अनुरोधमा बि एफ बि एस गोर्खा रेडियो, कठ्मान्डौका कार्यक्रम निर्देशक एवम प्रस्तोता बिनोदध्वज खड्काले जावलाखेल स्थित अगेनो रेस्टोरेन्ट्मै गै सो समुहलाई प्रदान गरेका हुन। हाम्रो सानो प्रयास समुहमा क्याप्टेन बिजय लामा, लेक्चरर एवम सामाजिक अभियंता पुकार बम, कान्तीपुरका वरिष्ठ पत्रकार घनश्याम खड्का, चलचित्र निर्देशक मिन बहादुर बम, अगेनो रेस्टोरेन्ट्का सि ई ओ प्रज्वल दहाल, नायिका नम्रता श्रेष्ठ लगायत थुप्रै समाजसेवीहरु सकृयताका साथ सेवामा जुटिरहेका छन। सो समुहले ललितपुर क्षेत्र, मनहरा भक्तपुर क्षेत्र, पशुपति क्षेत्रमा खान नपाएर अलपत्र परेका गरीब तथा बिपन्न परिवारहरु, पाटन मानसिक अस्पताल र मनमोहन कार्डियक सेन्टरमा लक डाउनले दिनहु घर ओहर दोहर गर्न नपाएर अलपत्र परेका कुरुवाहरु, राष्ट्रीय अनुसंधान केन्द्रमा दिनरात खटिएका ईन्जिनिएरहरु, भनिमंडल स्थित अन्नास बृद्धाआश्रममा आश्रीत बृद्धाहरुलाई नियमित तातो खाना खुवाउदै आएको कुरा सो समुहका अगुवा मध्येका एक पुकार बमले जानकारी दिएका छन।
त्यस्तै गुरुङ्ग र काठमान्डौ निवासी उनका मातापिता पूर्व डि एस पी नयन्सिंह गुरुङ्ग र मनु गुरुङ्गले अर्का सामाजिक अभियंता प्रदिप घिमिरेको अनुरोधमा जोरपाटी स्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशनमा आश्रीत २५ जना बाल बालिकाहरु लक डाउनको मारले ३ दिन देखी खोले मात्रै खाएर बस्न बाध्य भएको भनी सहयोगको लागी अपील गरेकाले राहत स्वरुप रु २५ हजार सहयोग पुराएका थिए।
एवम रीतले बेजिङ्गस्टोक निवासी समाजसेवीद्वय मन राई र मिठु गुरुङ्गले पनि लक डाउनका बेला निरन्तर दिन    सेवामा जुटीरहेका नेपलीज तेक्वोन दो एकेडेमीका संस्थापक अध्यक्ष अशोक खड्कालाई पनि राहत बितरणका लागी सहयोग संकलन गरी पठाएका छन। आफ्ना केहि सहृदयी साथीहरुको सहयोगमा मन राईले रु २६ हजार र मिठु गुरुङ्गले रु ४० हजार अशोक खड्कालाई  आई एम ई मार्फत पठाएको जानकारी राई र गुरुङ्गले दिएका छन। अशोक खडकाले सो रकम अत्यन्त गरीब बिपन्न पिडीत परिवारहरु र सुत्केरी महिलाहरुमा राहत स्वरुप राशन किनेर हस्तान्तरण गरेका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!