मधुकर गुरुङ, लण्डन । अल्डरसट इम्पावरमेन्ट ग्रुपले जुममार्फत Live Wellness Programme को आयोजना गर्ने भएको छ । आउँदो आइतबार १७ मे का दिन बिहान ११ बजे देखि दिउँसो १२ः३० बजेसम्म उक्त कार्यक्रम संचालन गर्न लागिएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा नेपालस्थित मास्टर कन्सीयस्नेश (Consciousness) कोच ईन्द्र गुरुङले प्रशिक्षण गराउने छ । बिशेष गरी आत्मबल कसरी बढाउने, रोग प्रतिरोधात्मक क्षमता कसरी वृद्ध गराउने लगायतको बिषयमा प्रशिक्षण गराउने छ । त्यस्तै उक्त प्रशिक्षणबाट आफ्नो सुरक्षा आफै गर्न सक्ने शक्तिशाली उपाय, कोभिड–१९ संग लड्न दैनिक गर्नुपर्ने रणनीति र Energy को स्तर वृद्धिमा सघाउ पुग्ने संयोजक गुरुङको विश्वास छ । 
यसअघि पनि बेलायतमा आई प्रशिक्षण दिईसकेको गुरुङले नेपालका राष्ट्रिय स्तरका खेलाडि, कर्मचारी, विद्यार्थी लगायतको आत्मवल वृद्धि गराउन विभिन्न प्रशिक्षणहरु दिदैं आएका गुरुङ एनएलपी कोच र नेपाल ओलम्पिक कमिटी साईकोलोजी विभागका अध्यक्ष पनि हुन् । कोरोना भाईरसले विश्वभर त्रास फैलाईरहेको अवस्थामा उक्त कार्यक्रमले डर, त्रास र भयलाई कम गराउने संयोजक गुरुङ बताउँछन् । निःशुल्क रुपमा दिन लागिएको प्रशिक्षण कार्यक्रममा बढीमा १०० जना सहभागी हुन सक्ने छन् । सीट सिमित भएकोले ईच्छुक महानुभावहरुले https://www.eventbrite.com/e/live-wellness-programme-tickets-105130969560?fbclid=IwAR22u8VnXjn1OdDn6vJRUIjzuAN-sXzC710PQuYmkahBtaoDA0n1VZL_YGQ गई आप्mनो सीट सुरक्षित गर्न सक्ने छ वा संयोजकलाई फेसबुकमार्फत म्यासेज गर्न सकिने छ ।
मानिसको मनोबल तथा क्षमता अभिवृद्धि गराउने उद्देश्य अनुरुप विगत एकबर्ष देखि अल्डरसटस्थित एम्पायर हलमा थुप्रै कार्यक्रमको आयोजना गर्दै आएको अल्डरसट इम्पावरमेन्ट ग्रुपले लकडाउन शुरुवात भएदेखिनै प्रत्येक साँझ ५ बजे देखि ६ बजेसम्म जुममार्फत मनोक्रान्ति योग प्रर्वतक नगेन्द्र राज नेम्वाङ्गद्वारा योग तथा ध्यानको प्रशिक्षण गराउदै आएको छ ।






