बेलायतका वकिलहरुद्वारा आविष्कार केन्द्रलाई सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । बेलायतमा कार्यरत कानून ब्यबसायीहरुले राष्ट्रिय आविस्कार केन्द्रलाई तीनलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण रोकथामको लागी अति आवश्यकीय पर्सनल प्रोटेक्टीप ईक्युप्मेन्ट (पिपीई) लगायतका अन्य सामग्रीहरु नेपालमै उत्पादन गर्र्दै सरकारी अस्पतालहरुमा निशूल्क बितरण गर्दे आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई ब्यारीष्टर देबेन्द्र श्रेष्ठ र सोलिसिटर उत्तर मान तिगेला (लिम्बू) ले उक्त रकम सहयोग गरेका हुन् । केही बर्ष देखि बेलायतमा व्यवसायिक रुपमा कार्यरत ब्यारीष्टर श्रेष्ठ र सोलिसिटर तिगेला (लिम्बू) दूबैजना नेपालका पनि अधिवक्ता हुन् ।

उनीहरुले कोरोनाबाट युरोपमै सबैभन्दा बढि संक्रमीत मूलुक बेलायतमा रहेर पनि आफ्नो जन्मभूमी नेपाललाई बढ्दो कोरोना संक्रमण बिरुद्धको अभियानमा थोरै भए पनि सघाउ पूगोस भन्ने पबित्र उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको बताउँछन् । उक्त राष्ट्रिय आविस्कार केन्द्रलाई यसअघि पनि बेलायतमा बसोबास गर्ने नेपालका कानून ब्यवसायीहरु, बेलायतमै वकिलको योग्यता हासील गरेर बेलायतमै ब्यबसायरत ब्यारीष्टर तथा सोलिसिटरहरु र बेलायती विश्वविद्यालयहरुमा कानून बिषयमा प्राध्यापनरत नेपाली शिक्षक तथा अध्ययनरत नेपाली विद्यार्थीहरुको  संस्था ब्रिटेन नेपाल लयर्स एसोसिएशन (बिएनएलए) ले १ लाख रुपैंयाको आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

स्मरण रहोस्, देबेन्द्र श्रेष्ठ उक्त बिएनएलएको वर्तमान कार्यसमितिको अध्यक्षको भूमिकामा रहेका छन् भने उत्तर मान तिगेला (लिम्बू) कार्यसमितिको सदस्य हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!