कोरोनाका कारण बेलायतमा ६४ जना नेपालीको दुःखद् निधन

SHARE:


एटा संवाददाता ।
लण्डन । कोरोना भाइरसका कारण बेलायतमा ६४ जना नेपालीको दुःखद् निधन हुन पुगेको छ । एनआरएनए युके हेल्पलाईनको जानकारी गराएअनुसार १८ मे सोमबार बिहान ८ बजे सम्मको रेकर्ड अनुसार १२९८ जना कोभिड–१९ संग सम्बन्धित केशहरु जानकारीमा आएका छन् । जसमध्ये १०८५ जना सेल्फ आईशोलेसन तथा क्वारान्टाईनबाट रिकर भएको, १५ जनाको अस्पतालमा स्वस्थ उपचार भरहेको, ७३ जना सेल्फ आईशोलेन÷क्वारान्टाईनमा रहेको र ६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बेलायतमा पनि कोरोना भाईरसले उग्ररुप लिन थाले पछि एनआरएनए युकेले बेलायतवासी नेपालीहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेल्पलाईन सेवाको स्थापना गरेको हो । उक्त हेल्पलाईनमा कोरोना भाईरसका कारणबाट प्रभावित भएका १६७ जना विद्यार्थी, बेलायत भ्रमणमा रहेका ९१ जना नेपाली, कोभिड–१९ संग सम्बन्धित १२९८ जना र अन्य २५ जनाले हेल्पलाईन प्रयोग गरेर आवश्यक सेवा लिएको जनाईएको छ ।
कोरोना भाईरसबाट प्रभावितहरुलाई सेवा गर्नका लागि २५ जना नेपाली डाक्टर, २४ जना नर्स र ११८ जना स्वयंसेवकहरु बेलायतका विभिन्न सहरमा खटिरहेका छन् । त्यस्तै, यसैबीचमा एनआरएनए युकेले थुप्रै फेस मास्क, सेनिटाईजर, पञ्जा, पारासिटोमल लगायतका सामाग्री वितरण गरिएको एनआरएनए युकेका सचिव जीत रानाभाटले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!