वुद्ध दिवस मनाइनुपर्छ – पूर्व प्रधानमन्त्री खनाल

SHARE:

काठमाण्डौं । नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको तर्फबाट वुद्ध दिवस मनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । हालै लुम्बिनी–कपिलवस्तु विश्व अभियानले गरेका गतिबिधिहरु र उपलब्धिहरु र भाबी योजना मूलतः नेपाल सरकारलाई शून्य आर्थिक भार पारेर पनि कसरी प्रभाबकारी ढंगबाट काम गर्न सकिन्छ भन्ने अबधारणाबारे अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा जानकारी गराउने क्रममा पूर्व प्रधानमन्त्री खनालले आप्mनै निवास डल्लुमा जनाएका हुन् ।

स्मरण रहोस्, लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट डिसेम्बर २०१५ मा अभियानका विश्व संयोजक श्रेष्ठद्धारा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासांग’ पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैद्य (किरण) संग छुट्टाछुट्टै भेटघाट गरेर अभियानले गरेका गतिबिधि र उपलब्धिहरु र भाबी योजनाहरुबारे जानकारी गराउँदै अभियानबारे तयार पारिएको प्रोफाइल हस्तान्तरण गरिएको थियो । राष्ट्रपतिसंगको भेटघाटको लागि समय तय भए तापनि अन्तिम समयमा राष्ट्रपतिको स्वास्थका कारण भेटघाट कार्यक्रम रद्ध गरिएको थियो ।

काठमाण्डौंको नेपाल टुरिज्म बोर्ड हलमा डिसेम्बर ३०, २०१५ मा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र ती देशको मानब अधिकार हननको प्रतिरक्षाका खातिर सच्याइनु पर्ने आग्रह गरी अभियानका तर्फबाट विश्व संयोजक श्रेष्ठद्धारा छुट्टाछुट्टै तयार पारिएको छ । पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरेपश्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको जानकारी गराउँदै फलोअप गरिने हो भने गरिएको कामले सार्थक रुप पाउन समस्या नहुने तर त्यस्तो हुन नसकेको भन्दै अभियानका तर्फबाट चिन्ता ब्यक्त गरियो ।

पूर्व प्रधानमन्त्री खनालले राख्नु भएको धारणाको प्रसंशा गर्दै अभियानका विश्व संयोजक श्रेष्ठद्धारा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्र्तराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद ब्लतयल ँüजचभच ले गरेको र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने सबभन्दा राम्रो प्रमाण भएकोले र यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण नेपाल सरकारले वुद्ध दिवस मनाउने निर्णय गरेको खण्डमा वुद्ध विस्व शान्तिका प्रतिक भएका र राष्ट्र संघको एउटा प्रमुख उद्देश्य नै विश्वमा शान्ति कायम गर्नु भएकोले यही दिनलाई वुद्ध दिवसलाई विश्व शान्तिसंग जोडेर राष्ट्र संघ मार्फत यसलाई राष्ट्र संघको नियमित क्यालेन्डरमा समाबेश गर्ने गरी गर्न पहल गरिनु उपयुक्त हुने धारणा राखियो । उक्त भेटघाट कार्यक्रममा नेपाल भाषाको २०१८ र २०१९ को महिलातर्फको बेस्ट मोडल शोभा महर्जन र बुद्धिज्ममा विद्यावारिधी गरिरहेका रामेश्वर श्रेष्ठको पनि उपस्थिति रहेको प्रभा श्रेष्ठले जानकारी दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!