नेपाली वेलफेयर सोसाईटी युकेद्वारा स्याङ्जामा पनि राहत वितरण

SHARE:

एटा संवाददाता ।

लण्डन । स्थापनाको केहि महिनादेखिनै कोरोना भाईरसबाट प्रभावितहरुको सहयोगार्थ जुट्दै आएको नेपाली वेलफेयर सोसाईटी युकेले स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नंं. ७ का ४० घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । यसअघि उदयपुर र चितवनमा समेत राहत वितरण गरेको सोसाईटी मंगलबार १९ मे का दिन स्थानीय जनप्रतिनिधिको रोहवरमा वितरण गरेको हो । उक्त राहत वितरण कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विश्वेश्वर रेग्मी, स्थानीय वासिन्दा एवं सिफारिस कर्ता रन्जु सुन्दास, स्थानीय पत्रकार लगायत स्थानीय वासिन्दाहरुको बिशेष उपस्थिति रहेको थियो ।

एनआरएनए युकेका सचिव जीत रानाभाटले बेलायतबाट अनलाईनमार्फत संचालन गरेको उक्त राहत वितरण कार्यक्रममा सोसाईटीका अध्यक्ष एवं एनआरएन युकेका सदस्य धनबहादुर सार्र्की, गैर आवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी, नेपाली वेलफेयर सोसाईटी युकेका वरिष्ठ सल्लाहकार गोपाल रोका, सचिव समशेर नेपाली बेलायतबाट अनलाईनमार्फत सहभागीता जनाएका थिए । त्यस्तै, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक एवं सोसाईटीका सेन्टर फोकल मेम्बर डा.बुद्धि नेपाली समेत काठमाण्डौंबाट अनलाईनमार्फत सहभागी भएका थिए ।


सो अवसरमा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले प्रमुख अतिथिको आसनबाट बोल्दै, सोसाईटीले गर्दै आएको सहयोगको प्रसंशा गरिन् । त्यस्तै, अन्य सहभागीहरुले समेत लकडाउनको अवस्थामा सोसाईटीले प्रभावितहरुलाई गरेको सहयोगको बारे बोलेका थिए । आउने दिनहरुमा पनि नेपालका विभिन्न स्थानमा अति आवश्यक व्यक्तिहरुलाई यस्तै राहत वितरण गरिने सोसाईटीका अध्यक्ष सार्कीले जानकारी दिए । अनलाईनमार्फत राहत वितरण गरिएको सायद पहिलोपटक भएको धेरैको बुझाई छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!