पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा नेपालमा राहत वितरण

SHARE:

पोखरा,  १९ मे २०२०, कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने ७९ जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहत सामाग्री वितरण गरिएको छ।पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमीटर पश्चिममा पर्छ।

कास्की, स्यांजा र पर्वतको सिमानामा पर्ने पंचासे डांडा नजिक रहेकोले त्यस क्षेत्रलाई पंचासे क्षेत्रको रुपमा समेत चिनिन्छ। विगतमा गुरुङ बस्तीको रुपमा रहे पनि पछिल्लो समय त्यस क्षेत्रका अधिकांश गुरुङहरु बैदेशिक रोजगारिको शिलसिलामा विदेश जाने र बजार क्षेत्रमा बसाईं सर्ने क्रम तिव्र भएपछि हाल त्यस क्षेत्रमा दलित समुदाय र विपन्न वर्गको धेरै परिवार छन। पोखराबाट टाढा पर्ने भएकोले त्यस क्षेत्रमा सहयोगी संस्थाहरुको पहुँच पनि कम छ। यसै सन्दर्भलाई मध्यनजर गरेर पंचासे हर्पनडाडा समाज युकेको सहयोगमा त्यस क्षेत्रमा राहत वितरण गरेको हो।दमदमे,सिधाने,कुद्बीडँडा र मकानपुर लगायत त्यस क्षेत्रबाट युकेमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पंचासे हर्पनडांडा समाज युकेको स्थापना गरेका हुन। सोही समाजले त्यस क्षेत्रका बासिन्दालाई विभिन्न सहयोग गर्ने क्रममा यस पटक राहात स्वरुप खाधान्न वितरण गरेको हो।

पोखराबाट ४ वटा गाडीमा खाधान्न लिएर गाउं गााउंमै पुगेर वितरण गरेपछि स्थानीय सर्वसाधारण पनि निकै ख़ुशी भएका थिए।गाऊँ गाउंमा भेला भएका स्थानीय बासिन्दाहरुले आफ्नो समस्या बुझेर सहयोग गर्न आएको भन्दै ख़ुशी प्रकट गरेका थिए। राहत वितरण कार्यक्रममा बोल्दै एनआरएन युकेका सल्लाहकार समेत रहेका पंचासे हर्पनडांडा समाज यूकेका महासचिव प्रकाश गुरुडंले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहात सामाग्री वितरण गरिएको जानकारी दिए।बेलायतमा कोरनाबाट नेपाली मात्रै ६४ जनाको मृत्यु भैसकेको अवस्थामा पनि समाजले आफ्नो गाउँका लागि सहयोग गर्न बिर्सेको छैन।समाजले यस अघि पनि विभिन्न कामका लागि करिव ३० लाख वरावरको सहयोग (एम्बुलेन्स सेवा,भुकम्प पिडित, बाढीपहिरो र उपचारका लागि) गरेको र भविष्यमा पनि गर्दै जाने उनले बताए। गुरुङ सहित उनकी श्रीमती संगिना गुरुङ र समाजका सदस्हरु धर्मावती गुरुङ र मनदेवी गुरुङ समेत राहत वितरणमा सहभागी भएका थिए।

पोखरा महानगर-२३ का वार्ड सदस्य द्वय दुर्गा बहादुर घले र भरत भण्डारीको रोहवरमा तिन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहात वितरण गरिएको थियो ! त्यस अवसरमा बोल्दै अग्रज पत्रकार गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउं लाई सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए।आफ्नो बेलायत भ्रमण पछि समाजसंगको सम्बन्ध थप प्रगाढ बनेको स्मरण गर्दै पराजुलीले यस पटक पनि आफ्नो जन्मगाऊँमा समाजकै सहयोगमा राहात सामाग्री लिएर आउन पाएकोमा ख़ुशी लागेको बताए। राहात वितरण गर्न आयोजित छुट्टा छुट्टै संक्षिप्त कार्यक्रममा स्थानीय समाजसेवीहरु पदम बहादुर गुरुङ,गुमानसिंह गुरुडं, शिक्षासेवी मिनबहादुर गुरुङ,सामाजिक कार्यकर्ता सबिन गुरुडं, लक्ष्मी गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए। प्रति परिवार २५ केजी चामल , २ लिटर तेल , २ केजी दाल २ केजी चिउरा , नुन , चिनी , चियापत्ती , साबुन लगायतका सामाग्री राहत स्वरुप वितरण गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!