मिलन तमु
अल्डरसट । केही महिनादेखि बेलायतमा रहेकी नेपालकी लोकगायिका इन्द्र गुरुङको एक कार्यक्रमबीच बिदाई गरिएको छ । उनलाई गत शनिबार १९ मे साँझ अल्डरसटस्थित निरमाया रोधीं घरमा आफन्तजन, संगीतप्रेमी र शुभचिन्तकहरुले बिदाइ गरेका हुन् । थुप्रै चर्चित लोकगीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल गायिकाले बेलायतका विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा आप्mनो प्रस्तुति दिएर नेपाल फर्कन लागिकी हुन् ।
अत्यन्त मीठो स्वरकी धनी गायिका गुरुङले निरमाया रोधीं घरमा समेत नियमित गाउँदै आएकी थिइन् । गायिका गुरुङलाई निरमाया रोधीं घरका धन गुरुङ, रेशम गुरुङ, गीतकार एवं पूर्वप्रअ एकेन्द्र गुरुङ, तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, सहारा युकेका अध्यक्ष मिन गुरुङ, एम्पायरका पुरन गिरी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल बेलायत शाखाका उपाध्यक्ष टंक शेरचनलगायत विभिन्न संघसंस्थाबाट आएका संगीतप्रेमीहरुले खादा लगाई बिदाइ गरे ।
कार्यक्रममा तमुधिं युके, तमु समाज युके, कोल्मा बाहाकोट समाज युके, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल बेलायत शाखा, सहारा युके, मोना युके, तमु प्ये ह्लु संघ युकेका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई समेत खादा लगाई स्वागत गरिएको थियो ।






