डा. योगी बिकाशानन्दले भर्चुअलमार्फत बेलायतवासी नेपालीहरुबीच आफ्नो अनुभव सुनाउदै

SHARE:

एटा अनलाईन संवाददाता ।
लण्डन । मनोक्रान्तिका संस्थापक डा. योगी विकाशानन्दले जुम प्रविधिमार्फत आप्mना अनुभवहरु सुनाउने भएका छन् । अल्डरसट इम्पावरमेन्ट ग्रुपको आयोजनामा आउँदो आउँदो ७ जुनका दिन दिन बेलायती समय अनुसार बिहान १०ः१५ बजे देखि ११ः४५ बजेसम्म विभिन्न बिषयमा जानकारी दिनेछन् । बिशेष गरी कोभिड–१९ सम्बन्धित रहेर योग, ध्यान, प्राणायम र खानपानको बारे जानकारी दिने भएका छन् । मनोक्रान्ति बेलायतको बिशेष पहलमा उनले बेलायतमा रहेका नेपालीहरुलाई बिशेष ध्यानमा राखेर सो कार्यक्रममा बिशेष प्रस्तुति दिन लागेका हुन् ।

विश्वभर संक्रास फैलाईरहेको कोभिड–१९ ले मानव जातिमा ल्याएको डर, त्रास र भयलाई कसरी कम गराउने, कसरी आत्मबल तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने बिषयमा केन्द्रित रहने उक्त कार्यक्रममा निःशुल्क सहभागी भई फाईदा लिन अल्डरसट एम्पावरमेन्ट ग्रुपका संयोजक मान गुरुङले अनुरोध गरेका छन् । उनका अनुसार, जुम प्रविधिमा १०० जना मात्र समावेश गर्न सकिने भएको हुँदा ईच्छुक महानुभावहरुले समयमा नै आफ्नो सीट सुरक्षित राख्नका लागि पोस्टरमा निर्दिष्ट गरेअनुसार सम्पर्क गर्न वा लिंकमा जानु पर्ने छ ।

लामो समय देखि मनोक्रान्ति अभियान संचालन गर्दै आएका डा.योगीले पोखराबाट जुमप्रविधिमार्फत प्रशिक्षण गराउने छन् । बेलायतवासी नेपालीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको कार्यक्रमलाई एनआरएनए युकेको समेत बिशेष सहयोग रहेको संयोजक गुरुङ बताउँछन् । अल्डरसट ईम्पावरमेन्ट ग्रुप युकेले आयोजना गरेको कार्यक्रम भएता पनि विश्वभरका नेपालीहरु सहभागी हुन सकिने संयोजक गुरुङ थप्छन् ।साथै, उक्त कार्यक्रमा सहभागी हुनका लागि अल्डरसट इम्पावरमेन्ट फेसबुक पेजमा रहेको इभेन्ट लिंकबाट समेत आफ्नो नाम दर्ता गर्न सकिने छ । साथै उक्त कार्यक्रमको फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!