नेपाल रेडक्रस सोसाइटी, म्याग्दी जिल्ला शाखा

SHARE:

म्याग्दी: नेपाल रेडक्रस सोसाइटी, म्याग्दी जिल्ला शाखा अन्तरगत ४ वटा एम्बुलेन्स रहेका छन् । जसमध्ये ३ वटा म्याग्दी प्रवासी संघ मोना युकेले र १ वटा भारतीय राजदुतावासले प्रदान गरेको हो । रेडक्रसको एम्बुलेन्सको सेवा र यसको प्रभावकारितावारे जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय म्याग्दी वा बेनी अस्पताल मार्फत बुझन सक्नुहुनेछ ।
१. भारतीय राजदुतावासले प्रदान गरेको एम्बुलेन्सवाट २०७६ चैत्रमा २६ पटक, २०७७ बैशाखमा ३६ पटक र जेष्ठ महिनाको १५ गतेसम्म २२ पटकगरी ८४ पटक सेवा प्रदान गरेको छ । जसमध्ये बेनी पोखरा, पोखरा बेनी ७१ पटक, बेनी काठमाडौ ४ पटक र जिल्लाभित्र ९ पटक सेवा उपलब्ध गराएको छ । यस अवधिमा यो एम्बुलेन्स ११, ४४३ किलोमिटर गुडेको छ । यो एम्बुलेन्सको चालकको सम्पर्क नम्वर ९८४७६२४१६९ हो ।
२. मोना युकेले दरबाङ क्षेत्रकालागि उपलब्ध गराएको एम्बुलेन्सले लकडाउनको अवधिमा सुचारु सेवा प्रदान गरिरहेको छ । चालकको अभावका वावजुद रेडक्रसका पदाधिकारी मेकवहादुर पुनले स्वयम्सेवकको रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइरहनु भएको छ । लक डाउनको अवधिमा १५२ जनालाई एम्बुलेन्स सेवा प्रदान गरेको छ । यो एम्बुलेन्सको सम्पर्क नम्वर ९८६०१५२२६७ हो ।

३. मोना युकेले भुरुङ तातोपानी क्षेत्रमा उपलब्ध गराएको एम्बुलेन्स सुचारु नभएको अवस्थामा जिल्ला शाखाले नै मर्मत तथा संचालन गर्ने निर्णय गर्दै भुरुङ तातोपानीवाट बेनी ल्याएर मर्मत गरी २०८६ चैत्र २० गतेदेखि नै सेवा प्रदान गरिरहेको छ । यसले हालसम्म ३१ पटक सेवा प्रदान गरेको छ । जसमध्ये १३ पटक बेनी पोखरा रहेको छ भने १८ पटक म्याग्दी जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रदान गरेको छ । यसको सम्पर्क मोवाइल नम्वर ९८६६६६५९२७ हो ।

४. मोना युकेले बेनीबजार क्षेत्रको लागि उपलब्ध गराएको एम्बुलेन्सको इन्जिनका कभर फुटेको र त्यो सामान सहज उपलब्ध नभएकोले मर्मतको लागि बेनी कालीपुल स्थीत सिप्रदीको सो रुममा सुरक्षित रहेको छ । यो सुचारु रहदाँको अवधिमा जम्मा ११८९ पटक सेवाको रुपमा प्रयोग भएको थियो ।

५. लकडाउनको अवधिमा म्याग्दी जिल्ला भित्र र छिमेकी जिल्लाको नजिकका क्षेत्रहरुमा आत्महत्या, माछा मार्ने क्रममा डुबेर मृत्यु भएका, मुस्ताङ लेटेको एम्बुलेन्स दुर्घटनमा ज्यान गुमाएका चालक लगायत हालसम्म १३ वटा लासहरु घटनास्थलवाट पोस्टमार्टमको लागि बेनी अस्पतालसम्म ल्याउने र अस्पतालवाट मृतकका परिवारले चाहेको घाटसम्म लगिदिने काम रेडक्रस मार्फत निशुल्क रुपमा भएको छ । यसको लागि केही पटक एम्बुलेन्स र एम्बुलेन्स ब्यस्ट भएको अवस्थामा रेडक्रसका उपमन्त्री तथा कोरोना फोकलपर्सन सुरत केसीको ब्यक्तिगत गाडी प्रयोग गरिएको छ ।
६. आकस्मिक सेवा तथा घाइते वा विरामी ओसारपोसारका लागि रेडक्रसले जिल्लामाको ४० भन्दा वढी समुदायमा स्ट्रेचरहरु प्रदान गरेको छ ।
७. मोना युकेले एम्बुलेन्स सेवा सञ्चालनका लागि स्थापना गरेको अक्षय कोषको ब्याजले एम्बुलेन्सहरुको विमा गर्ने र अत्यावश्यक अवस्थामा मर्मत गर्ने कार्य भएको छ ।
८. एम्बुलेन्स सेवालाई सेवामुखि र प्रभावकारी बनाउन म्याग्दी रेडक्रस प्रतिवद्ध छ । कालिपुल वसपार्कमा रहेको पुरानो एम्बुलेन्सको बडी २०६१ सालमा जापानमा रहेका म्याग्देलीहरुको सहयोगमा खरिद गरिएको एम्बुलेन्सको हो । झण्डै ६ वर्ष सेवा गरेको यस एम्बुलेन्स जिर्ण भै यातायात व्यवस्था कार्यालयवाट लगत कट्टी गरि नियमानुसार कवाडीमा लिलाम भैसकेको एम्बुलेन्स हो । रेडक्रसका एम्बुलेन्सको सेवा र यसको हिसाव कितावका वारेमा बुझन चाहेमा कार्यालय समयमा सम्पर्क गर्न सक्नुहुनेछ । हामीले ५ मिनेट भित्र उपलब्ध गराउन सक्नेछौं ।
९. केही दिन अघि एकजना विरामीलाई स्ट्रेचरमा अस्पताल ल्याइरहेको समाचार सामाजिक सन्जालमा सार्वजनिक भए पछि केही शुभचिन्तक महानुभावहरुले एम्बुलेन्स सेवाका बारेमा देखाउनु भएको चासो प्रति आभार प्रकट गर्दछौं । पसिनाको कमाई जोगाएर मोना युकेले उपलब्ध गराएको सहयोगको पूर्ण उपयोग गर्न हामी प्रतिवद्ध छौं ।
जय रेडक्रस

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!