माइला कान्छा अभियानबाट सुत्केरी र गर्भवती महिलालाई राहत

SHARE:

जमुना वर्षा शर्मा

पोखरा १७ जेठ

बन्दाबन्दीले समस्यामा परिरहेका पोखरा ९ का ४२ जना सुत्केरी गर्भवती, असहाय र एकल महिलालाई माइला कान्छा अभियानबाट राहत वितरण गरिएको छ ।

टोल विकास संस्था वडा ९ समन्वय समितिका अध्यक्ष उत्तम श्रेष्ठको रोहबरमा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल र तेल गरेर ६५ हजार बराबरको राहत सामग्री वितरण गर्नुभएको हो ।

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आउनु भएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ को प्रदर्शनी केन्द्रमा ३० जनालाई र राहत लिन आउन नसकेकाहरुलाई १२ जनालाई घरमै पुर्याएर सहयोग वितरण गरेको अभियानका एक सदस्य माया गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो “ जीवनयापन सहज हुन सकिरहेको छैन, आपत विपत्मा परेकाहरुको कष्टकर जीवनलाई देखेपछि हामीले सहयोग अभियान शुरु गरेका थियौ, यसमा निरन्तर रुपमा युके निवासी सामाजिक व्यक्तिहरुले आर्थिक सहयोग गर्दै आउनु भएको छ । हामी लक्षित वर्गसम्म पुगेर सहयोग

गरिरहेका छौ ।” उहाँले अहिलेको सहयोग युके निवासी इन्द्रकुमारी र शिवकुमारी गुरुङले सङ्कलन गरेर रू ६५ हजार पठाएकोे जानकारी दिनुभयो । अभियानका अर्का सदस्य पार्वती गुरुङ मानवीय सेवा नै धर्म भएको बताउनुभयो “कोरोना क्रासले मानवीय जीवननै सटमा पर्दैछ, रोगले भन्दा पनि भोगले मरीने समस्या देखिन थालेको छ । राहत वितरणमा हिड्दा पनि उत्तिकै जोखिम छ । यो हाम्रो पाँचौ चरणको अभियान हो । सकेको सहयोगमा जुटेका छौ ।”

राहत वितरणको समन्वय गर्नुभएकी काँग्रेस नेतृ सरस्वती गुरुङले अहिलेको जटिल अवस्था महिला सुत्केरी, गर्भवती, असहाय, अपाङ्गता, एकल महिला बढी प्रभावित भएको बताउनुभयो । महिलाको वास्तविक अवस्था महिलाले नै बुझ्न सक्ने भन्दै माइला कान्छा अभियानका माया र पार्वती गुरुङ विशेष धन्यवादको पात्र भएको बताउनुभयो ।

राहतका ६ महिनाकी गर्भवती, ४० दिनकी सुत्केरी सहित एकल र असहाय महिला घरका अन्य सदस्य सहित उपस्थित भएका थिए ।माइला कान्छा अभियानले हाल सम्म १५ लाखको सहयोग गरेको जानकारी दिनुभयो ।

तस्बिर उपलब्ध छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!