नेपाली वेलफेयर सोसाईटी युकेद्वारा मुसहर बस्तीमा राहत वितरण

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली वेलफेयर सोसाईटी युके (न्युज–युके) ले सप्तरीस्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ । शनिबार ३० मे २०२० का दिन कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीस्थित मुसहर बस्तीमा वितरण गरेको हो । सोसाईटीले यसअघि लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप उदयपुर, चितवन, स्याङ्जा, बाँकेमा राहत वितरण गरिसकेको छ भने सप्तरीमा पाँचौं पटक वितरण गरिएको हो ।
यसअघि भोकमरीबाट मृत्यु भएका मलर सदा मुसहरको बस्तीमा रहेका श्रमजीवी मुसहर वस्तीका ३२ घरघरीलाई एक महिना सम्म पुग्ने गरि प्रति घर २५ केजी चामल, दाल ३ केजी तेल लिटर र १ पाकेट नून वितरण गरिएको सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए ।
बेलायतबाट भर्चुअल जुम प्रविधिमार्फत बिशेष कार्यक्रमको आयोजना गरी वितरण गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद खिमबहादुर विश्वकर्माले सोसाईटीले गर्दै आएको कामको प्रसंशा गरेका थिए ।

 
स्थानीय वडा नं. ५ का वडा अध्यक्ष कैलाश शाह, स्थानीय नेकपा प्रतिनिधि (नेपाल) भोला चौधरी, जनता समाजबादी पार्टी प्रतिनिधि (नेपाल) लगायतको बिशेष उपस्थिति रहेको कार्यक्रममा बुद्धिजिबी तथा लेखक दलित अगुवा भोला कुमार पासवान (नेपाल), समाजसेवी रन्जु सुन्दास (स्याङ्जा), नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक एवं न्यूज–युकेका सेन्टर फोकल मेम्बर डा.बुद्धि नेपाली नेपालबाट जुम प्रविधिमा सहभागी भएका थिए । त्यस्तै, एनआरएनए युके अभियन्ता, डेरेक्टर सलाद मास्टर लिमिटेड शिवजी श्रेष्ठ, गोर्खाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, शिब कलचरल एण्ड कम्युनिटी सेन्टर युकेका निवर्तमान अध्यक्ष रोहित गुरुङ, ब्रिटिस गोर्खा भेटेरियन एसोसिएसन युकेका महासचिव भिम सारु, नेपाली वेलफेयर सोसाईटी युकेका बरिष्ठ सल्लाहकार गोपाल रोका, सदस्यहरु आसा रोका, बुदी नेपाली, धबिन्द्र बौडेल लगायत बेलायतबाट जुमप्रविधिमार्फत अनलाईनमा सहभागी भएको थिए । सो अवसरमा कार्यक्रमका सहभागीहरुले आ–आप्mना भनाईहरु राखेका थिए ।
नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष तथा कार्यसमितिका एनआरएन युकेका सदस्य धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त भर्चुअल राहत वितरण कार्यक्रमलाई एनआारएनए युकेका सचिव जीत रानाभाटले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!