रुकुम नरसंहार विरुद्ध पोखरामा पाचौं दिन धर्ना

SHARE:

ह्ुम तमु, पोखरा, २२ जेठ
जेठ १० गते पश्चिम रुकुम सोतीमा भएको नरसंहारकारी घटनाको विरुद्ध समाजवादी दलित मुक्ति महासंघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिको आयोजनामा पोखरामा एक हप्ते धर्ना कार्यक्रम जारी राखेको छ। जातिय विभेदसहितको नरसंहारकारी घटनाको सत्यतत्थ्य अनुसन्धानका लागि उच्चस्तरीय संसदीय समावेशी छानविन समिति गठन, सत्यतथ्य ढाकछोप र प्रमाण लुकाउन पाइदैन र दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दै कास्कीको जिल्ला प्रसासन कार्यालय अगाडि शहिदचोकमा जेठ १८ गतेदेखि दलित समुदाय, विभिन्न समाज, संघ संस्था, नागरिक समाज, राजनीतिकर्मीहरुले धर्ना दिएका हुन।

छ जना युवाहरुको ज्यान जाने घटनाका विरुद्ध समाजवादी दलित मुक्ति महासंघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिले जेष्ठ १७ गते प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए पनि संवेदनशीलता नदेखाएकाले शान्तिपुर्ण आन्दोलन धर्ना मार्फत सरकारलाई खबरदारी गरिरहेको समाजवादी पार्टीका केन्द्रीय सदस्य, समाजवादी दलित मुक्ति महासंघका केन्द्रीय इञ्चार्ज पुर्व सांसदन डिबी नेपालीले जानकारी दिनुभयो। घटनाको सत्य तथ्य छानविन नगरी घटना ढाकछोप र अपराधीहरुलाई संरक्षणका लागि सत्तासिन नेताहरु जुटेकाले निरंकुशताको राजका विरुद्ध आफुहरुको शान्तिपुर्ण आन्दोलन शुरु गरिएको हो, यदी घटनाका बारेमा षडयन्त्र गरी मानवताका लागि, विभोद मुक्ती र निरंकुशताका विरुद्ध शसक्त आन्दोलन हुने उहाँले चेतावनी दिनुभयो।

धर्ना कार्यक्रमको पाँचौ दिन समाजवादी पार्टी केन्द्रीय सदस्य एवम युवा इञ्चार्ज देवी प्रसाद सुवेदी, नेपाल तामाङ घेदुङ केन्द्रीय सचिवालय सदस्य दीपक वाइबा तामाङ, समाजवादी मजदुर युनियनका गण्डकी संयोजक शिव अधिकारीले नरसंहार विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउदै शान्तिपुर्ण आन्दोलनको माग सुनुवाई नभई सशक्त आन्दोलनबाट सरकारलाई सबक सिकाउनुपर्ने बताउनुभयो। धर्नाको चौथो दिन तमु धिं नेपालका तर्फबाट धर्ना कार्यक्रममा कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले ऐक्यवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजवादी पार्टी पोखरा महानगर अध्यक्ष टिकाराम पौडेलले न्यायका लागि आम नेपाली जुट्नुपर्ने बताउनुभएको थियो। गत जेठ १० गते पश्चिम रुकुमको सोतीमा जाजरकोटका छ जना युवाहरुको नरसंहार गरिएको थियो भने उनीहरुको शब खोजी गर्दा भेरी नदिमा फेला परेको थियो। जाजरकोटका नबराज विक र रुकुम सोतीकी सुष्मा मल्ल विचको प्रेमसम्बन्धसँगै जोडिएर नरसंहारको दुखद घटना भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!