नेपाली वेलफेयर सोसाईटी युकेद्वारा प्रदेश नंं. ७ मा पनि राहत वितरण 

SHARE:

पूर्ण गुरुङ (घान्द्रुके कान्छा) , लण्डन । ६ महिना अघि स्थापना भएको नेपाली वेलफेयर सोसाईटी युकेद्वारा प्रदेश नंं. ७ मा पनि राहत वितरण गरेको छ । कोभिड–१९ ले सिर्जना गरेको लकडाउनका कारण अत्यन्त प्रभावित विपन्न परिवारलाई राहत वितरण गर्ने उद्देश्य अनुरुप गत बुधबार ३ जुनका दिन धनगढी उपमहानगरपालिका वडा नं. ११ बेलाका दैनिक ज्यालादारी गर्ने ३० वटा विपन्न परिवारलाई राहत वितरण गरेको हो । सोसाईटीले सातैवटा प्रदेशमा राहत वितरण गर्ने जनाइए अनुसार यसअघि प्रदेश नं. १ को उदयपुर, प्रदेश नं. २ को सप्तरी, प्रदेश नं. ३ को चितवन, गण्डकी प्रदेशको स्याङ्जा, प्रदेश नंं. ५ को नेपालगञ्ज वितरण गरिसकेको छ भने अब प्रदेश नं. ६ मा वितरण गर्ने योजना रहेको सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए । उनका अनुसार प्रत्येक परिवारलाई २५ केजी चामल, तीन केजी दाल, तेल एक लिटर र एक पोका नुन उपलब्ध गराइएको हो ।

सोसाईटीले आधुनिक प्रविधिको प्रयोग गरी अनलाईनमार्फत वितरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय कैलाली जिल्लाका प्रतिनिधि सभाका सांसद नारदमुनि रानाले प्रमुख अतिथिको आशनबाट सोसाईटीले गरेको सहयोगको प्रसंशा गरेका थिए । त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष गंगाराम राना, नेपाली कांग्रेसका जितबहादुर राना, वडा नं. १ समाजसेवी एवं दलित अगुवा चन्द्र मगरती, समाजसेवी मिन चोखाल मुख्यसाप, वुद्धिजिवि कविराज जोशी लगायत स्थानीय वासिन्दाहरुको सहभागीता रहेको थियो ।

अध्यक्ष धनबहादुर सार्की

उक्त राहत वितरण कार्यक्रममा नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक एवं सोसाईटीका सेन्ट्रल फोकल मेम्बर डा. बुद्धि नेपाली (नेपाल), एनआरएनए युके इङल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (युके), एनआरएनए युके इङल्याण्ड राज्य समन्वय परिषदका कोषाध्यक्ष ध्रुव हरी बाँस्कोटा (युके), गोरखा भूतपूर्व सैनिक संघ (गेसो) कार्यबाहक सभापति धर्म तामाङ्ग (युके), सृजनशिल लेसटर नेपाल युकेका पुर्ब अध्यक्ष पशुपति पोख्रेल (युके), शिव कल्चरल एंड कम्युनिटी सेन्टर युकेका महासचिव बिक्रम भट्टराई (युके), लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी (युके), लण्डन नेपाल न्यूज नेपाल शाखाका पत्रकार सौरब छेत्री (नेपाल) लगायत सोसाईटीका पदाधिकारी एवं सदस्यहरुले अनलाईन प्रविधि जुममार्फत सहभागी जनाउदै आ–आप्mना भनाईहरु राखेका थिए ।  सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई एनआरएनए युकेका सचिव जीत रानाभाटले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!