चौरासी पूजाको खर्चबाट “आहात मनलाई र राहत”

SHARE:

पोखरा, २३ जेठ, जमुना बर्षा शर्मा

पोखरा महानगरपालिका वडा –१६ दीपकी समाजसेवी हरिलक्ष्मी गुरुङले आफ्नो चौरासी पूजाको खर्च कटाएर आहात मनहरुलाई राहत प्रदान गरेकी छिन् । कोरोना महामारीले आक्रान्त बनिरहेको अवस्थामा उनले हजार चन्द्रमा दर्शनको धार्मिक विधिलाई सामान्य रुपमा सम्पन्न गरेर अन्य खर्चलाई सामाजिक क्षेत्रमा खर्च गरेकी हुन् । “अहिले कोरोना छ, कतिले खान नपाएको भन्ने सुन्छु, उनीहरुलाई सहयोग गर्न मन लाग्यो, अझ वृद्धाश्रममा आफ्ना सन्तानबाट टाढा भएकाहरुलाई धेरै माया र साथ चाहिन्छ । आफूले सक्ने सहयोग सबैले गर्नुपर्छ ” गुरुङले भनिन् “विपत्तिमा सबैले सबैलाई माया र सम्मान गरेर बाँच्ने हाम्रो नेपाली संस्कार हो ।”उनले सबैलाई आर्शिवाद दिदै सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । उनकी छोरी माया गुरुङले आमाको चाहाना अनुसार वृद्धाआश्रम, कुष्ठरोगी, सुत्केरी, गर्भवती, एकल महिला, र बहिराहरुलाई खाद्य सामग्री सहित आवश्यकता हेरेर नगद सहयोग गरेको बताइन् । उनले भनिन् “आमा अरुलाई सहयोग गर्ने कुरामा सन्तुष्ट मान्नुहुन्छ ।   आमाको समाजसेवा प्रतिको भावनालाई सम्मान गर्दै उहाँकै इच्छा अनुसार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका हौँ।” उनका अनुसार पोखरा –१४ बाच्छेबुडुवा स्थित वात्स्यायन वृद्धाश्रमको प्रवेशद्धार निर्माणको लागि नगद १८ हजारसहित आश्रित वृद्धवद्धालाई लत्ताकपडा र बिहानको भोजन वितरण गरिएको छ । त्यसैगरी एक सय विपन्न परिवारका सुत्केरी, गर्भवती, एकल महिलालाई एकबोरा चामल, तेल, नुन, १० जना बहिरालाई दुई हजारको दरले नगद र १४ जना कुष्ठरोगीलाई दिवा खाजाको सामग्री वितरण गरिएको हो । वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले देश भित्र र बाहिर रहेका विभिन्न परोपकारी मनहरुको साथ र सहयोगले वडाका करिब २८ सय घरपरिवारलाई राहत वितरण गर्न सफल भएको बताए । उनले महामारीको यो समय चौरासी पूजाको रकम राहत वितरणमा दिनुहुने हरिलक्ष्मी देवतारुपी मानव भएको बताए । बन्दाबन्दीमा विभिन्न बस्तिका विपन्न परिवारको पहिचान गरेर राहत वितरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने काँग्रेस नेतृ सरस्वती गुरुङले हरिलक्ष्मी आमा जस्ता परोपकारी मनहरुको सहयोगले विपत्को समयमा विपन्न परिवारको घरमा चुल्हो बल्न सफल भएको बताइन् । उनले सबैको आशिषले हरिलक्ष्मी आमाको आयु वृद्धि हुने भन्दै मानवीय सेवानै उत्कृष्ट धर्म भएको धारणा राखिन् । लोक गायक आयुष परियारले आमा सम्बन्धी गीत गाएर शुभकामना दिएका थिए । वात्स्यायन वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले आश्रमलाई सम्झेर सहयोग गरेकोमा गुरुङलाई दोसल्ला ओढाएर शुभकामना सहित धन्यवाद व्यक्त गरे । कार्कीका अनुसार आश्रम २०६६ सालमा निर्माण गरिएको हो । करिब एक सय रोपनीमा रहेको आश्रमलाई देश विदेशमा रहेका सहयोगी मनहरुबाट सहयोग जुट्दै आएको छ । आश्रममा हाल १९ जना वृद्धवृद्धाहरु रहेका छन् ।

तस्वीर: जमुना बर्षा शर्मा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!