एक वियोगान्त प्रेम कहानी- खेम सेन्चुरीको लोकगीत “कामी दाईको छोरो”

SHARE:

जेठ २३, पोखरा । शंकर विरही गुरुङ

सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा,
गोरे बाबु भन्दै मलाई बोलाउँछन त्यो ठाउँमा,
नामले देको कामले देको कामी दाइको छोरो,
नलाम माया नखाम कसम मनै मेरो मोरो,
साईंली,
ए साईंली म सँग जान्छौर?
मैले छोको खान्छौर?

गीतको पहिलो टुक्का सुन्दासुन्दै र भिडियो हेर्दाहेर्दै आँखा भिजिसकेको हुन्छ, मन भक्कानीई सकेको हुन्छ, म्युजिक भिडियो हेर्दा कुनै नेपाली चलचित्र हेरिरहेको आभास हुन्छ । समाजले नस्विकारेको एउटा जोडीको वियोगान्त प्रेम कहानी ‘कामि दाईको छोरो’ हालसालै खेम सेन्चुरी युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । गोरे र सृजनाको अन्तरजातिय प्रेम कहानी बुनिएको यो गीतमा सृजना सर्वस्व छोडेर गोरेसंगै भाग्न तयार हुन्छिन् तर गोरेले सृजनाको प्रस्ताव स्विकार्दैनन् र उनलाई छोडेर घर जान्छन् भने सृजना गोरेकै पछि लाएर गोरेकै घर पुग्छिन् सोहि क्रममा गीतको दोस्रो टुक्कामा सृजनालाइ सम्झाउँदै गोरे भन्छन्:
किन यती बुझ्नि भ,र अबुझकी बन्छौ,
ओइलिएको फुल हुँ मत शिर सजाउँछु भन्छौ,
धर्ती आकाश भेट भएको देख्या छौर कैले,
पुर्वै घामलाई हत्केलाले छेक्या छौर कैले,
साईंली,
ए साईंली म सँगै रुन्छौ र?
म संगै हाँस्छौ र?

गोरे र सृजनाको अटल प्रेमको परिचय बोकेको यस गीतमा सृजनाले गोरे र आफ्नो रगत दाँजेर सबैको रगत एउटै हो, हामी बीच केही फरक छैन भन्ने संदेश दिन खोजेकी छिन् । अझ उनले गोरेले खाँदै गरेको जुठो भात खाएर आफ्नो प्रेम सही रहेको र आफु छुवाछुत बिरोधी भएको प्रमाणित गरेकी छिन् । यता गोरे सो कुरामा सहमत छैनन् र उनलाई लाग्छ उनीहरुहरुको प्रेम सफल हुँदैन किनकी अन्तरजातीय प्रेमले गर्दा गोरेले धेरै हण्डर खाएका छन्, सृजनासंग मन्दिरमा बिहे गर्न खोज्दा उनले कुटाइ खाएका छन्, गीतको अन्तिम टुक्का यसैसंग मेल खान्छ ।
अन्धो समाज अन्धो रित फेर्ने होला केरी
भोली हाम्लाई अप्ठ्यारोले घेर्ने होला फेरी
तिम्रो माया मेरो माया हुन सक्छ घाती
रुँदै रुँदै बाँच्नु भन्दा बरु यसै जाती
साईंली
ए साईंली म संगै जिउँछौ र?
म संगै मर्छौ र?
अन्त्यमा शायद सृजना पनि गोरे जस्तै उनीहरुको प्रेम सफल नहुनेमा गोरेसंगै हुन्छिन् र अन्तरजातीय प्रेम सफल नहुने देखिएपछि उनीहरुले आत्महत्या गर्छन् ।

गीतमा गोरेको भूमिकामा खेम सेन्चुरी देखिएका छन् भने सृजनाको भूमिकामा सृजना रेश्मी मगर देखिएकी छिन् । खेम सेन्चुरी र शान्तिश्री परियारको आवाज रहेको गीतको लय र शब्द सृजना अनिश दवाडीले गरेका छन् । बिनोद बजुरालीले संगीत संयोजन गरेको गीतको अडियो मास्टरिङ्ग खड्ग बाजुरालीले गरेका हुन् । अनुभवी निर्देशक प्रकाश भट्टले आफ्नो निर्देशकिय कलाको भरपुर प्रयोग गीतमा गरेका छन्, एउटा पूरा चलचित्र हेरेको भान हुन्छ गीत हेर्दा । यस गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । साई भिजन प्रालीको स्टुडियोमा भिडियो सम्पादन गरिएको र मालाश्री स्टुडियोमा सम्पुर्ण अडियोको कार्य शम्भु कुँवरको व्यवस्थापनमा गरिएको यो म्युजिक भिडियो संस्कृति म्युजिक प्रालीको ब्यानरमा बजारमा आएको छ । मनिषा तामाङ र रिमा मेचे निर्माता रहेको यो गीत रिलिज पुर्व नै टिकटकमा भाइरल भैसकेको छ । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने मनसाय नभएको दाबी निर्माण समुहले गरेको छ । छुवाछुतविरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास समेत निर्माण समुहले लिएको छ ।
भिडियोलिन्क:https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FKABuK1-wiLw%3Ffbclid%3DIwAR0e_ruCuw2_s-7Itm8c_If5fq0kJrhejsxweJz98oWKCbDV14dlUzuIfxg&h=AT2BYIlS2y-4eGyxomPx2gOUSWSofFJgGUucmgilhkO7h4G2zsn8RjjyM6jWvSC5mfohs5sXRguL_MpnUGIJIB09CMeCmAGZA1cjqQXVFrS_Q1nhN0ERpWV3wXoL9QXlTWGM2_Qyg1KZhjZZwfrQ_Q

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!