एटा संवाददाता ।
लण्डन । गत मे २३ का दिन नवराज बिक लगायत ६ जना युवाको ज्यान जाने गरी नेपालको पश्चिम रुकुमको चौरजहारीमा भएको दुखद् घटनाप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके गहिरो दुःख व्यक्त गरेको छ । एनआरएनए युकेले ५ जुन शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाको एनआरएनए युकेद्वारा रुकुम घटनाको घोर भर्त्सनागरेको हो । सो विज्ञप्तिमा भनिएको छ, ‘अमानवीय, बर्बर र आततायी किसिमले युवाहरुको ज्यानै लिने गरी भएको उक्त घटनाको घोर भर्त्सना गर्दछौं, जसबाट सिंगो देशभित्र मात्र नभइ विदेशमा रहेका हामी गरै आवासीय नेपाली समेत निकै दुखित र मर्माहत भएको छौ । यथाशिघ्र रुपमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस् भन्दै सम्बन्धित प्रशासन र नेपाल सरकारको ध्यानार्कषण गर्न चाहन्छौं ।’
एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिको अन्त्यमा, सो घटना अमूल्य जीवन गुमाएका सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा भावपूर्ण समवेदना प्रकट समेत गरेको छ ।
विज्ञप्ति जस्ताको तस्तै,







