लकडाउनको समयमा युट्युबमा वर्ल्ड प्रीमियर हुँदै “क्यु प्ह्राे छे (भेडि गोठाले)”

SHARE:

 जेठ २४, पोखरा । शंकर विरही गुरुङ/

मिलन डी जी ईन्टरनेशनल प्रा. लि. को ब्यानरमा निर्मित र दुर्गा गुरुङ मिलनद्वारा प्रस्तुत गुरुङ संस्कार, संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्राें छे (भेडि गोठाले) भोली मिति २०७७ जेठ २५ गते आईतबार रोधी टेलिभिजनमा दिउँसो १२ बजे र बेलुका ७ बजे प्रसारण हुनुका साथसाथै सोहीदिन Stream Nepal को युट्युब च्यानलबाट दिउँसो १२ बजे विश्वभर प्रदर्शन हुँदैछ । चलचित्र विकास बोर्ड, नेपालद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड २०७३ मा सर्वोत्कृष्ट आदिवासी, जनजाति, मातृभाषी चलचित्रको अवार्ड प्राप्त एवं NIFF अवार्ड २०१८, न्युयोर्कमा दर्शक छनौट अवार्ड प्राप्त गर्न सफल यस चलचित्रलाई कोरोनाको कारण भएको लकडाउनमा घरै बसेर हेर्न सकियोस् भन्ने हेतुले डिजिटल बजारमा पठाउन लागिएको हो । गणेश गुरुङ (सुबास)ले लेखन तथा निर्देशन गरेको यस चलचित्रमा सुवास गुरुङ, राजेश गुरुङ, अश्मी गुरुङ, ध्वज गुरुङ, खुशी गुरुङ, गौरी गुरुङ र मेख राज गुरुङको अभिनय हेर्न सकिनेछ ।

प्रकाश गुरुङ (काश)ले छायांकन गरेको यस चलचित्र राजेन्द्र खड्काले सम्पादन गरेका हुन् । ध्वज गुरुङ र सुबास गुरुङको नृत्य निर्देशन रहेको यस चलचित्रको गीतहरुमा आरके गुरुङ, वसन्त सापकोटा र सुर्य घलेले संगीत दिएका छन् ।लमजुङको ईलामपाेखरी, भारते डिनगाउँ र तनहुँमा छायांकन गरिएकाे यस चलचित्रका निर्माताहरु बिक्रम गुरुङ मिलन (हङकङ), देउकी सिंजाली (दिपिका मिलन) र बिजया गुरुङ मिलन (हङकङ) हुन् । यस चलचित्रद्वारा निर्देशक सुबास गुरुङले NIFF अवार्ड २०१८, न्युयोर्क, स्टार इन्टरनेशनल अवार्ड २०१९, कतार र ज्योमो गाङ फिल्म अवार्ड, थाईल्याण्डमा सर्बोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिसकेका छन् भने नायक राजेश गुरुङले NIFF अवार्ड २०१८, न्युयोर्कमा सर्बोत्कृष्ट नायकको अवार्ड प्राप्त गरेका छन् । प्रस्तुतकर्ता दुर्गा गुरुङ मिलनका अनुसार यो चलचित्र सतप्रतिशत च्यारिटी चलचित्र हो र चलचित्रबाट भएको आम्दानीबाट हालसम्म लमजुङ क्होंईबो धींको भवन निर्माणका लागि सहयाेग, क्होंईबो धीं युकेकाे भवन निर्माणका लागि सहयाेग, मखमली आमा समुह, पाचाेक लमजुङकाे भवन निर्माणका लागि सहयाेग, दाेलखा युवा क्लब, दाेलखालाई सहयाेग, बेगनास ताल युवा क्लब, कास्कीलाई सहयोग, तमु ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदकाे पुस्तकालय स्थापानार्थ सहयाेग, द्वन्दपिडित लिला गुरुङलाई सहयाेग गरिसकिएको छ । अमेरिकाकाे विभिन्न शहर, युकेको लण्डन, दुबई, कतार, हङकङ, नेदरल्याण्ड, थाईल्याण्ड, जापान, काठमाडौं, पाेखरा, दाेलखा, पर्बत, पाल्पा, लमजुङ, बेगनास, कास्की, भारतका विभिन्न शहरहरुमा प्रदर्शन भैसकेको यो चलचित्रले गुरुङ भाषा संस्कार संस्कृतीको जगेर्ना गर्नुका साथसाथै सबल र सभ्य समाज निर्माणमा टेवा पुर्याउने विश्वास निर्माण समुहको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!