भुम्दीकोट समाज युकेले भुम्दीमा ५ लाख ४० हजारको भारी पुग्ने गरी खाद्यान्न राहत बाड्यो

SHARE:


हुम तमु, पोखरा, २३ जेठ
विश्व नै ठप्प पार्ने गरी कोभिड १९ कोरोना भाइरसको संक्रमण। लाखौं संक्रमित, हालसम्म करिब चार लाखको हाराहारीमा मृत्यु।जस्का कारण विश्व लकडाउनसँगै नेपाल पनि साढे दुई महिनादेखि लकडाउन। लकडाउन अर्थात बन्दाबन्दीको साढे दुई महिनाको सकस।एकातिर भाइरसको सन्त्रास, अर्कोतिर समस्या थोपरिदै। रोगले भन्दा पनि भोकले पो मरिन्छ भन्ने अवस्था। शहरमा न बैंकको पैसा झिक्न पाइने अवस्था छ, न त चाहिने सामग्री किन्न नै पाइन्छ।आपूर्ति बन्द, उपभोग्य सामग्री अभाव बढ्दै,  र महंगी बढ्दो छ।जस्ले गर्दा शहर बढी प्रभावित र गाउँमा पनि समस्या उस्तै। यी सबै अवस्थालाई मनन गर्दै कोरोनाको अत्यन्तै संक्रमण रहेको युकेलाई कर्मथलो बनाउनुभएका भुम्दीकोट वरपर जन्मनु भएका दाजुभाईहरुको साझा संस्था, चेलीबेटीहरुको माइती, भुम्दीकोट समाज युकेसँगै चेलीहरुबाट जन्मगाँउबासीका लागि राहत वितरण गरेको छ। शुक्रबार पोखरा महानगर वडा नं.२२ भुम्दी ओख्लेडाडास्थित ओख्लेडाडा भुम्दीकोट माविमा कार्यक्रम आयोजना गरी भुम्दी, काभ्रे, देउराली, स्वाँरा, टुनार,चुत्राल, चिसापानी, पलाँसे, तारेभिर लगायतको गाँउका निम्न बर्गलाई १५१ घर परिवारलाई ५ लाख ४० हजार रुपैया बराबरको खाद्य राहत भारी पुग्ने गरी वितरण गरिएको हो।
हलुका बदलिभएको मौसम।लकडाउनका कारण आवातजावतमा सुरक्षा कडाई, चिप्लो अफरोडसँगै लकडाउनले पोखरामै रहनु भएका भुम्दीकोट समाज युके कोषाध्यक्ष नन्दराम गुरुङ, सदस्य सुदाम गुरुङ, सदस्य राजु गुरुङ र भुम्दीकोट समाज पोखराका अध्यक्ष सुवेदार ओमबहादुर गुरुङ राहत वितरणका लागि ओख्लेडाडा भुम्दीकोट माविमा पुग्दा गाउलेहरुले अरु बेलामा जस्तै फूलमालाले भव्य स्वागत र हार्दिकता ।
समाजसेवी देउकाजी गुरुङको क्रियाशीलता, क्या.दिलकाजी गुरुङको अभिभावकत्व,जनप्रतिनीधि ओमकुमारी गुरुङ लगायत आमा समुह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न क्लव र क्षेत्रका अगुवाको बृहत समभागीता।परदेशको माया स्वरुप राहत प्राप्त गर्ने पर्र्खाइ सहित गाउलेहरु हसिलो अनुहारमा।विद्यालयको एक कोठामा चालम, दाल, पिठो, तेल, नुन, चिनी, चियापत्ती र साबुन समेतको बान्की मिलाइएको।
गउमा पटक पटकको भेला छलफलबाट १५१ घरपरिवारलाई राहत आवाश्यक रहेको भन्दै छनौट गरी परिवारमा सदस्य संख्याको हिसाबले ४ समुहमा विभाजन । परिवारमा २ जनासम्म हुने ३६ परिवारलाई २ हजार ७४७ रुपैया बराबरको चालम, दाल, पिठो, तेल, नुन, चिनी, चियापत्ती र साबुन, ३ देखि ५ जना सम्मको १०२ परिवारलाई ३ हजार ७२२, ६ देखि ९ जनासम्मको परिवारलाई ४ हजार ५४७ र १० जना भन्दा बढी परिवार रहेको २ घरलाई ४ हजार ८१४ रुपैयाका दरले गरी कुल ५ लाख ३८ हजार १४१ रुपैयाको चालम, दाल, पिठो, तेल, नुन, चिनी, चियापत्ती र साबुन वितरण गरिएको थियो। वितरणको प्रारम्भ पहिलो राहत प्राप्त गर्ने लक्ष्मी गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि भुम्दीकोट समाज युकेका कोषाध्यक्ष नन्दराम गुरुङ र सदस्य राजु गुरुङले हस्तान्तरण गर्नुभएको थियो।
सरकारले वितरण गरेको राहत जस्तै ठानेर रितो हाल अर्थात झोला मात्रै लिएर लखर लखर आएकाहरुलाई राहत सामग्री सम्हाल्न र बोक्न नै हम्मे हम्मे जस्तो देखिन्थ्यो। राहतका लागि परिवार नै आउनुपर्ने जस्तै गरी भुम्दीकोट समाज युके र चेलीबेटीहरुले भारी पुर्याएको थियो।राहत प्राप्त गरेका गाउलेहरुले विश्वभर कोरोनाको संक्रमण हुदा पनि आफ्नो जन्मेको गाउठाउँका निम्न वर्गका लागि राहत पठाएकोमा आहतको घाउमा राहतको औषधि प्राप्त गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए।वर्षा पनि लागेकाले यो राहतको खाद्यान्न बर्षे खर्च समेत भएको भन्दै गाउले किसानहरुको मुहारमा मुस्कान देखिन्थ्यो।मलामी पनि जान नपाउने कोरोना जस्तो भाइरस भुम्देलीलाई कसैलाई नलागोस भन्ने उनीहरुले कामना गरेका थिए।
राहत वितरण गर्नु अघि समाजसेवी क्याप्टेन दिलकाजी गुरुङको अध्यक्षता, भुम्दीकोट समाज युकेका कोषाध्यक्ष नन्दराम गुरुङको प्रमुख आतिथ्यता र समाजसेवी देउकाजी गुरुङको संचालनमा कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा क्या.दिलकाजी गुरुङले भुम्दीकोट समाज युकेको उपाध्यक्ष तथा राहत संकलन संयोजक राम गुरुङको शुभकामना मन्तव्य बाचन गरी सुनाउनुभएको थियो भने राहत किन, कसरी, कस्का लागि, को कसबाट प्राप्त भएको सबै प्रष्ट जानकारी गराउनुभएको थियो।
भुम्दीकोट समाज युके हाल समाजसेवी जुमकाजी गुरुङको अध्यक्षतामा क्रियाशील छ।समाजले भुम्दीको विकास, सुख दुखमा सधै साथ दिदै आएको छ भने मुलुकको विभिन्न संकटहरुमा पनि सहयोग गर्ने युकेमा रहेका भुम्देलीहरुको चौतारी बनेको छ। 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!