तमु धिं युकेद्वारा एनआरएनए युकेको कोभिड–१९ कोषलाई एकहजार ४०१ पाउण्ड सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । तमु धिं युकेद्वारा एनआरएनए युकेको कोभिड–१९ कोषलाई एकहजार ४०१ पाउण्ड आर्थिक सहयोग गरेको छ । शनिबार ६ जुनका दिन तमु धिं भवन मिचेटमा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । नेपाली समुदाय बेलातयमा रहेका नेपाली संघसंस्थाहरु मध्येको एक सक्रिय संस्था तमु धिं युकेले एनआरएनए यूकेद्वारा संचालित कोभिड–१९ राहत कोषका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले तमु धिं युकेले गर्दै आएको सहयोगको प्रसंशा गर्दै हार्दिक धन्यवाद दिईन् । त्यस्तै, तमु धिं युकेका अध्यक्ष नन्दजंग गुरुङले उक्त सहयोग कोरोनाबाट प्रभावितहरुमा पुगोस् भन्दै यस बिषयम परिस्थितिमा एनआरएनए युकेले गर्दै आएको सहयोगको खेलेर प्रसंशा गरे । सो अवसरमा तमु धिं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष तेजेन्द्र रोका र कार्यसमिति सदस्यद्धय हेम गुरुङ र धनबहादुर सार्कीको उपस्थिति रहेको थियो ।

एनआरएनए यूकेको कोभिड–१९ राहत कोषमा हालसम्म १९ हजार २ सय ६४ पाउण्ड जम्मा भएको र जस अन्तर्गत ९ हजार १ सय ४० पाउण्ड ‘कोभिड–१९’ अन्तर्गतको बिभिन्न शिर्षकमा खर्च भई १० हजार १ सय २४ पाउण्ड खातामा मौज्दात रहेको एनआरएनए युकेले गत ४ जुनका दिन एक प्रेस वक्तव्यमार्फत जानकारी गराएका थिए । तमु धिं युकेका अध्यक्षतामा सम्पन्न उक्त चेक हस्तान्तरण अनौपचारिक कार्यक्रमलाई महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए ।

स्मरण रहोस् तमु धिं युकेले नेपालमा महाभूकम्पको अवस्थामा एनआरएनएमार्फत एक करोड ११ लाख ११ हजार रुपैयाँ र नेपाली दूतावास लण्डनमार्फत १० लाख आर्थिक सहयोग गरेको थियो ।नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय खेल गोर्खा कप, नेपाली मेला, ल्होछार, रेस फर लाईफ, लाईफ मेम्बर डिनर नाईट लगायत थुप्रै कार्यक्रमको आयोजना गर्दै आएको छ । तर, यसपटक कोभिडका कारण १८ औं गोर्खा कप फुटबल प्रतियोगिता रद्ध भएको छ भने नेपाली मेला समेत सामाजिक दुरीका कारण हुन नसक्ने संभावना बढ्दै आएका तमु धिं युकेले जनाएको छ ।

तस्बीर सौजन्यः हेम गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!