बेलायतका नेपाली किशोर किशोरीद्वारा नेपालका बिपन्न परिवारलाई राहत प्रदान

SHARE:

एटा संवाददाता ।
लण्डन । संसारभर कोरोनाको माहामारीबाट बच्न लगाइएको लकडाउनसंगै अहिले नेपालमा भोकमरीको महामारीले मानिसहरु मर्ने वा विक्षिप्त बनेका समाचार आइरहेको कुराबाट बेलायतस्थित बेजिंगस्टोकका नेपाली युवाहरुको समुह ”इभोलुशन डान्स क्रिउ” ले पोखरा नगरपालिका वडा न १ बगरस्थित भिमकाली पाटनका बिपन्न ४० परिवारलाइ राहत सामग्री वितरण गरेका छन। बिदेशमै जन्मिएपनि नेपाली भावना र नेपालको मायामा ओतप्रोत किशोर किशोरीहरुको समुह ‘इभोलुशन डान्स क्रिउ ‘ले बेलायतमा हुने बिभिन्न कार्यक्रमहरुमा नेपाली कलापूर्ण सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्ने गर्दछन।उनीहरुले बेलायतमा बढ्दै गरेका नया नेपाली पुस्ताहरुलाई नेपाली गीत संगीत सिकाउदै त्यसलाई समाजमा प्रस्तुत गर्ने गर्दछन भने त्यहि प्रस्तुतिबाट संकलित रकम उनीहरुले समाजसेवामा लगाउने उदेश्य लिएका छन। यस समुहले बिगतमा पनि पोखराको संस्कृत बिद्यालयमा इ-लाइब्रेरी स्थापना गरिदिएका छन् भने, क्यान्सर पिडित बिरामीको उपचारको लागि समेत सहयोग जुटाएका थिए। यसै सिलसिलामा अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने योजना बनाएका उनीहरुले हाल कोरोनाको महामारीमा लकडाउनमा परेर काम र माम बिहिन भएका बिपन्न परिवारलाई सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको झन्डै ३ महिना पुगेको बेला रोजगारी गुमाएर दैनिक खर्च चलाउन समस्यामा परेका नागरिकहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरिएको कुरा इभोलुशन डान्स क्रिउका कोअर्डिनेटर निश्चल गुरुङले बताए।

 गत जेठ २४ गते पोखरा नगरपालिका वडा न १ बगरस्थित भिमकाली पाटनका बिपन्न ४० परिवारलाइ चामल, दाल, तेल, मस्यौरा, चना, मसला,नुन, नुडल्स लगायतका दैनन्दिन खाध्य सामग्रीहरु प्रदान गरिएको कुरा क्रिउका सदस्य एरिना गुरुङ र आयुशा गुरुङले जानकारी दिए। सो राहत वितरण कार्यक्रममा लकडाउनको कारणले सो समुहबाट कोहि पनि नेपाल जान नसकेको कारण पोखराबाट लक्ष्मण गुरुङ र चन्दा गुरुंगले सहयोग संयोजन गरेका थिए। सो अवसरमा राहत सामाग्री लिदै करिब साढे २ महिना लकडाउनमा परेर कामविहीन हुदै आफ्नो परिवार नै भोकमरीमा पर्न लागेको यस पीडादायी क्षणमा बेलायतमा रहेका साना–साना नानीहरुले हामीलाई राहत पठाएर ठुलो धर्म गरेको भन्दै आशिर्बाद पठाएका थिए।

यस्ता सहयोग कार्यक्रमलाइ निरन्तरता दिदै अब चाडै नै मुसहर लगायत अन्य पिछडिएका बिपन्न परिवारलाई पनि राहत प्रदान गर्ने योजना बनाइ स्थानीय स्तरमा संयोजन गरिएको कुरा क्रिउका सदस्य शुभाशिश श्रेष्ठले बताए। सो समुहमा निश्चल (बिश) गुरुङ, शुभाशिश श्रेष्ठ, जेशिका  आले, एरिना गुरुङ, आयुशा गुरुङ, आरुण गुरुङ, एन्जेल गुरुङ, रोशनी गुरुङ र आञ्जि गुरुङ रहेका छन। यसरी आफ्ना छोराछोरीहरुले आफ्नै कला संस्कृतिको बेलायतमा प्रबर्द्धन गर्दै दुखमा परेका नेपाली दाजु भाइ दिदीबहिनीहरुलाई सहयोग समेत पुर्याएकोमा गौरवान्वित भएको कुरा उनीहरुका अभिभावकहरुले बताएको बेजिङ्गस्टोक निवासी समाजसेवी शिवजी श्रेष्ठले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!