जमुना बर्षा शर्मा पोखरा, ३० जेठ
तमु प्ये ल्हु संघ आमा समूहले बन्दाबन्दीले समस्यामा परेका विपन्न ७० परिवारलाई राहत वितरण गरेको छ । संघका अध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा संकलित एक लाख ४० हजार रकमबाट शुक्रबार पोखराका विभिन्न वडाका परिवारलाई राहत वितरण गरिएको हो । कोरोना महामारीले जारी बन्दाबन्दीको ८१ औं दिनमा पोखराको प्रदर्शनी केन्द्रबाट माइला कान्छा अभियानका अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले उक्त राहत वितरण गर्नुभएको हो ।

“हामी निरन्तर सहयोग अभियानमा छौ, यो अभियानलाई युके निबासी नेपाली दाजुभाई दिदीहरुबाट निरन्तर सहयोग आइरहेको छ । तमु प्ये ल्हुु संघ युके आमासमूह दिदीबहिनीबाट संकलित एक लाख ४० हजार रकमबाट ७० जना परिवारलाई राहत वितरण गरेका हौ ” राहतमा एक बोरा चामल,तेल,नुन,र सोयावीन रहेको अभियानका (कान्छा) माया गुरुङले जानकारी दिनुभयो । माइला कान्छा अभियानले पोखरामा विभिन्न चरणमा राहत वितरण गरेको छ । अभियानका (माइला) पार्वती गुरुङले अहिलेसम्म माहिला कान्छा लकडाउन अभियानबाट १८ लाख जम्मा भएको र सो रकमबाट एक हजार बढी विपन्न परिवारलाई खाद्य सामग्री र केही व्यक्तिलाई नगद सहयोग गरेको जानकारी दिनुभयो ।







