
एटा संवाददाता ।
लण्डन । पर्वत दुर्लुङ्ग पुख्र्यौली घर भई हाल स्वीन्डन, युके निवासी गोपाल गुरुङ तथा माश्री गुरुङले हाल पोखरामा क्रियाशिल माईलाकान्छा लकडाउन अभियानमार्फत पोखरा–२६ तालचोक निवासी मृर्गौलाबाट पीडित डिलबहादुर गुरुङलाई १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै, गोपाल गुरुङ तथा माश्री गुरुङकी छोरीज्वाइँ उन्नती तथा ज्ञान गुरुङले सोही वडा नं. २६ रिठ्ठेपानी निवासी पाठेघरबाट क्यान्सरबाट ग्रसित २६ बर्षिय कुमारी बिकलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । साथै, उनीहरुले अभियानमार्फत २३ हजार ४०० मूल्य बराबरको खाद्यन्न सामाग्री समेत वितरण गरेको अभियानकी माया गुरुङ (कान्छा) ले जानकारी दिईन् ।

कोभिड–१९ ले सिर्जना गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरु बढी प्रभावित भएका छन् । सोही लकडाउनका कारण पोखरामा रहेकी बेलायत निवासी पार्वती गुरुङ (माईला) र माया गुरुङ (कान्छा) ले युकेमा रहेका साथीभाइ, ईष्टमित्र, संघसंस्थाहरुको अनुरोधमा पोखरा आसपासका लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गर्दै आएको छ । सोही क्रममा सो अभियानमार्फत मृर्गौला पीडित गुरुङ र पाठेघर क्यान्सर पीडित बिकको स्वास्थ्य उपचारार्थ उक्त आर्थिक सहयोग पु¥यार्ईएको हो ।
माईलाकान्छा अभियानमार्फत पोखराका करीब एकहजार विपन्न घरपरिवारलाई करीब १ महिना पुग्ने खाद्यन्न सामाग्री वितरण गरिसकेको छ । साथीभाइहरुको अनुरोध र विपन्न परिवारको अवस्था अत्यन्त नाजुक देखेपछि अहिलेको बिषम परिस्थितिमा पनि जोखिम मोल्दै आपूmहरुले स्थानीय वडासंग समन्वय गरी राहत सामाग्री वितरण गरिएको जनाए । स्मरण रहोस्, पार्वती गुरुङ (माईला) साउथ ईष्ट रिजनल तमु धिं युकेकी वर्तमान उपाध्यक्ष हुन् भने माया गुरुङ (कान्छा) तमु समाज युके आमा समूहकी निवर्तमान अध्यक्ष हुन् ।






