नेपाली वेलफेयर सोसाइटी युकेको राहत रुकुममा मारिएका नवराज विकको गाउँमा पनि पुग्यो

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपालमा लकडाउनबाट अत्यन्त प्रभावितहरुलाई खाद्यन्न सामाग्री वितरण गर्दै आएको नेपाली वेलफेयर सोसाईटी युकेले जाजरकोटको भेरी नगरपालिकाको वडा नंं. ४ र ११ मा खाद्यन्न वितरण गरेको छ । गत जेठ १० गते रुकुमको चौरजहारीमा अत्यन्त निमर्मतापूर्वक हत्या भएका मृतक नवराज बिकको गाउँमा शनिबार १३ जुनका दिन खाद्यन्न वितरण गरिएको हो । सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीका अनुसार उक्त वडाका ६० घर परिवारलाई प्रति परिवार ३० किलो चामल, ५ किलो दाल, २ लिटर तेल, र २ पोका नुन वितरण गरेका हुन् ।

राहत वितरण स्थलसंग जुम प्रविधिमार्फत बेलायतबाट सोसाईटीका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जाजरकोटका राष्ट्रिय सभाका सांसद माया प्रसाद शर्माले प्रमुख अतिथिको आशनबाट रुकुम हत्याबाट पीडित परिवारसहित विपन्नलाई राहत प्रदान गरेका सोसाईटीको मानवीय कार्यको खुलेर प्रसंशा गरे । त्यस्तै, स्थानीय भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले लकडाउनका कारण भएको खाद्य संकटको अवस्थामा राहत उपलब्ध गराएका सोसाईटीप्रति आभार व्यक्त गरे ।

सो अवसरमा सोसाईटीका अध्यक्ष सार्कीले कोरोना र सामूहिक हत्याको चपेटाबाट अत्यन्त प्रभावित सो वडाहरुमा खाद्यन्न सामाग्री वितरण गरिएको जनाए । त्यस्तै, जुम प्रविधिबाट अनलाईन जोडिएका युकेस्थित नेपाली संघसंस्थाका पदाधिकारीहरुले सोसाईटीले गर्दै आएको सहयोगका बारे बोलेका थिए ।

सोसाईटीले यसअघि लकडाउनबाट प्रभावित उदयपुरको भुल्केका २०, चितवनको घैलाघारी सुकुम्बासी टोलका २०, स्याङ्जाको पुतलीबजारका ४०, सप्तरीको कन्चनरुपको ३२, बाँकेको नेपालगञ्जका २०, दाङको घोराहीको ५०, कैलालीको धनगढीका ३० घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिसकेको छ । र, जाजरकोट भेरी नपाका ६० घर परिवार गरी कुल २७२ घरपरिवारलाई राहत उपलब्ध गराइएको सोसाईटीका अध्यक्ष सार्कीले जनाए ।

सोसाईटीले पहिलो चरणमा नेपालका सातैवटा प्रदेशमा राहत वितरण गर्ने कार्यक्रम अनुसार सातवटै प्रदेशमा राहत वितरण गरिसकेको भएता पनि राहत वितरण कार्यलाई निरन्तरता दिदै लैजाने सोसाईटीका अध्यक्षले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!