कोरोनाकाबीच पनि ५० पाउण्डको नक्कली नोट बजारमा

SHARE:

एटा संवाददाता ।
लण्डन । विश्वभरनै कोरोना भाईरसले उथुलपुथल बनाईरहेको अवस्थामा बेलायतको अल्डरसटमा ५० पाउण्डको नोट भेटिएको छ । सरकारले सोमबार १५ जुन देखि आवश्यक नभएका पसलहरु पनि खोल्न पाउने व्यवस्था गरेअनुरुप सोमबार अल्डरसटमा खोलिएका अलादिन्स केभ नामक पसलमा आएका ग्राहकले उक्त ५० पाउण्डको नक्कली नोट दिएको पसलका प्रोपाईटर अलीले बताए ।

कालो मास्क लगाएर ५ पाउण्ड मूल्यको टोपी खरीद गर्न आएका अन्दाजी ३० बर्षिय युवालाई आपूmले ४५ पाउण्ड फिर्ता गर्ने वित्तिकै युवा भागे पछि सो नोटप्रति आपूmलाई शंका लागी नजिकैको बैंकमा सम्पर्क गर्दा उक्त नोट नक्कली भएको ठहर भएको अलीले जनाएको एभरेष्ट टाईम्सका फोटोपत्रकार मिलन तमुले बताए ।

अल्डरसटको टाउन सेन्टरसंगै जोडिएको पसलमा सुटकेश, झोला, लत्तकपडा लगायतको फेन्सी सामानहरु पाईन्छ । यस्ता पसलवाला वा ग्राहकहरुले नोट कारोबार गर्दा बिशेष ध्यान दिइनु पर्दछ ।
तस्बीरः मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!