
एटा संवाददाता ।
लण्डन । बेलायतमा बसोबास गर्दै आएका पार्वती गुरुङ (माईला) र माया गुरुङ (कान्छा) ले पोखरामा संचालन गर्दै आएको माईलाकान्छा लकडाउन अभियानमार्फत सहारा युकेका अध्यक्ष लगायतले गरे नवजात शिशुको अप्रेशनमा आर्थिक सहयोग गरेका छन् । धादिङ्ग ज्वालामुखी–७ माथिल्लो रामपुर निवासी २५ बर्षिय मिलन तामाङ तथा २४ बर्षिय मनिषा तामाङको जन्मदै मलद्धार नभएको सन्तानको अप्रेशनमा अभियानमार्फत उनीहरुले गत शनिबार १३ जुनका दिन आर्थिक सहयोग गरेका हुन् ।
उक्त बालकको अप्रेशनका लागि अभियानमार्फत बेलायतको फार्नबोरो निवासी सहारा युकेका अध्यक्ष कुमार तथा मिना गुरुङ, क्याम्बर्ली निवासी सहारा युकेका उपाध्यक्ष रिटायर्ड लेप्टेन कुसाङ गुरुङ तथा पञ्च गुरुङ, अल्डरसट निवासी सहारा युकेका महासचिव धनु थकाली तथा चन्दा थकाली, रेडिङ्ग निवासी भुम्दीकोट ट्राभल्सका युवराज गुरुङ तथा उषा गुरुङले १०/१० हजार रुपैयाँ गरी कुल ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
लकडाउनका कारण नेपालमा रहेकी अभियानकी पार्वती गुरुङ र माया गुरुङमार्फत लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने करीब १००० विपन्न परिवारलाई राहत स्वरुप करीब एकमहिनालाई पुग्ने खाद्यन्न वितरण गरिसकेको छ । त्यस्तै, अभियानकी माईला र कान्छाले अभियानमार्फत गर्दै आएको सहयोगलाई आधिकारिक रुपमा बन्द गरिएको घोषणा गरिएको भएता पनि सहारा युकेका अध्यक्षलगायत सहयोगदाताहरुको अनुरोध र उक्त बालकको अप्रेशन खर्चको खाँचोलाई बुझी उक्त बालकको अप्रेशनमा सहयोग पु¥याइएको जनाइएको छ ।
यसैबीच उनीहरुले कसैको पनि सहयोग नपुगी ओझेलमा परीकस्टकार जिवन विताई रहेका आफ्ना छेउछाउका बिपन्न परिवारलाई थोरै भएपनि सहयोग पु¥याउने कोशिष गर्ने क्रममा आपूmहरुलाई विश्वास गरी अभियानमार्फत सहयोग गर्ने सहारा युकेका अध्यक्षलगायत सम्पूर्ण सहयोगी हातहरुलाई सामाजिक संजालमार्फत धन्यवाद ज्ञापन गरेका छन् ।







