अधिवक्ता प्रेम गुरुङ दुबो
हाम्रै कमजोडिका कारण इन्डियाले अतिक्रमित हाम्रा भुभाग उसको तर्फ पारि नया नक्सा प्रकाशित गर्नुकासाथै सडक निर्माण र उदघाटन गरे पछि हामि नेपालि जनताको दबाबको कारण नेपाल सरकारले पनि आफ्नो बिगतका महा गल्तिलाई सच्याएर नया नक्सा प्रकाशित गरि हाम्रो निशानी छापमा समेत राख्ने गरि एक मतले संबिधान समेत संशोधन गरे पछि अहिले हाम्रा छिमेकि देशका हेपाहा नेतृत्व बर्गहरु तिल्मिलाएर गलत प्रोपोगण्डा फैलाउन तल्लिन छन र हामि नेपालीहरुमा पनि कोरोनाको तरंग नसकिदै फेरि अर्को नया तरंग थपिएको छ !
हाम्रा अग्रज गौतम बुद्धले ब्यक्ति,घर परिवार, छरछिमेक, समाज, देश र बिश्वभरका मानव जातिका कल्याण सुख शान्ति, खुसि र समृद्धिको लागि हामि हरेक मानिसहरुमा अन्तर्निहित आशा उत्साह सत्य मन करुणा माया प्रेम र प्राज्ञलाई जगाएर समय परिस्थितिलाई तर्कसंगत ढंगले ब्याख्या र छलफल गर्दै प्रकाश बनेर अघि बढ्ने शान्तिको बैज्ञानिक मार्ग देखाई दिनु भएको छ भने ति शान्तिको मार्गहरुमा अवरोधहरु आए त्यसको सुरक्ष्याको लागि हामि गोर्खालि नेपालीहरुलाई समयले जिम्मेवारि दिएको प्रमाण पहिलो र दोस्रो बिश्व युद्धहरुमा हाम्रो पुर्खाहरुले खेल्नु भएको गौरवमय भुमिका र बिश्व भरका मानव जातिहरुबाट प्राप्त सम्मान मान्यता र पहिचान ( Recognition )ले पनि पुस्टि गर्छ !
तर बुद्धको त्यो सोच र गोर्खालिको बिश्व शान्तिको जिम्मेवारिलाई हामि नेपालीहरु आफैले चिन्न बुझ्न र समाल्न नसकिएकै कारण हामि बाटै संरक्षित छिमेकि देशका नेतृत्व बर्गले हामि नेपालीहरुलाई भुकम्प जस्तो प्राकृतिक प्रकोपको आपतकालिन समयमा समेत नाकाबन्दि लगाएर निर्दयि ढंगले कसाई बनेर मार्न खोज्ने, हेप्ने, सिमाहरु हडप्ने अतिक्रमण गर्ने जस्ता अमानविय कार्यहरु बारम्बार भइरहेको दृश्य र बर्णन हामि भुक्तभोगिहरुले मात्रै होइन कि तिनै छिमेकि देशका ऋषि र बुद्ध मन भएका न्यायप्रेमि मानवतावादी मित्रहरुबाट समेत ब्यक्त भैरहेकोछ !
नेपाल र इण्डिया बिच रोटि बेटि र भाइचाराको सम्बन्ध मात्रै होइन कि, हामिले इण्डियाको सार्बभौम सुरक्ष्याको लागि सैनिक सहयोग समेत दिई रहेकाछौ ! हाम्रो भाई छोराहरु इण्डियन भुमिको रक्षाको लागि हाम्रा अन्य हितैषि मित्रहरुको बिरुद्ध लडिरहेकाछन, ज्यान दिई रहेकाछन ! यी यस्ता हितैषि मित्रको सौहार्दतालाई बुझेर दुवै देशको साझा सत्रु बेरोजगारि गरिबि रोग भोक शोक बाढि पहिरो लुहु सितलहर बायु प्रदुषण पर्यावरण, चाकरि चाप्लुसी, अहंकरबाद , नाताबाद कृपाबाद, अतिबाद भ्रस्टचार गुण्डागर्दि लुटपाट डकैति काइते कृते ठगि, जातिय लैंगिक विभेद छुवाछुत अन्धबिश्वास जस्ता बिकृति र संकृण अमानविय दृस्टि र रोगहरुका बिरुद्ध ठुलो देश भएको नाताले नेतृत्व गर्दै यस क्षत्रका जनताको जीवन स्तर माथि उठाउने तर्फ लाग्नु पर्नेमा इण्डियाकै नेतृत्वले खुफिया एजेन्सी र को दुरुपयोग गरि सत्ता कब्जा गर्न र टिकि राख्न जनतामा प्रोपोगण्डा फैलाउन छिमेकिहरु बिच लडाई झगडा खडा गर्ने, जातिय धार्मिक द्वन्द गराउने, आतंगवादी उग्रबादि बिखण्डनबादिहरु जन्माएर जनताको ध्यान डाईभर्ट गर्ने नाटक नेपाल इन्डिया दुवै देशका नेतृत्व बर्गहरुको मिलोमतो बाटै पनि हुन सक्ने भएकाले हामि दुवै देशका जनताहरुले आपसमा लडेर होइन, सत्य र साचोको आधारमा मिलेर बस्ने तर्फ लाग्नु पर्छ !
आज नेपाल सन् १९७३/१९७९ ताकाको अफगानिस्थानको अबस्थामा उभिएकोछ, अर्काको आश र त्रासमा परेर नेतृत्वले गल्ति गर्यो भने हामीले पनि त्यहि नियति भोग्नु पर्ने हुन्छ ! ट्रम्प र मोदिले डेमोक्र्याटिक फोर्सेसलाई नेतृत्व र संरक्षण गर्नु पर्नेमा नाजिबादी सोच लिएर सारा विश्वलाई आतंकित बनाउने ढंगले अघि बढिरहेको देखिन्छ ! जुन सोचले उसको देश र जनताको त कुरै छोडौ, उ आफैको पनि हित हुदैन भन्ने ज्वलन्त उदाहरण हिटलर र त्यो बेलाको जर्मनको अवस्थालाई फर्किएर हेरिए छर्लङ्गै हुन्छ !
इन्डियाले गुजरातमा बल्लभ भाई पटेलको अग्लो स्ट्याच्यु बनाएर संखानद गर्दै जम्मु काश्मिर र लद्दाखलाई छुट्याई केन्द्र शासित राज्यमा ल्याई त्यहि घानमा नेपाललाई समेत सिक्किम बनाउने सुनोयोजित योजना अन्तर्गत नै निहु खोज्न नेपालको कालो पानि लिपु लेक लिम्पियाधुरा क्षत्रलाई समेत उसको तर्फ पारि नया नक्सा प्रकाशित गरेका हुन भनेर अनुमान गर्न सकिन्छ, तर उसको नागरिकता सम्बन्धि कानुन CAA र NRC का कारण उसको देश भित्र उब्जिएको बिद्रोहले गर्दा केहि समय चुप बसि हाल सडक उदघाटन गरि नेपाललाई जिस्काएको देखिन्छ !
दिल्लिले के बुझ्न आबश्यक छ भने नेपाललाई सिक्किम बनाउन खोजियो भने ढिलो छिटो इण्डिया दस टुक्रा हुनेछ भने नेपाललाई आफ्नो गुमेको भुभाग फिर्ता गर्ने मात्रै होइन अरु क्षत्रफल बढाउने सुनौला अवसर समेत मिल्ने छ ! तर पनि हाम्रो तर्फबाट युद्धलाई प्रोत्साहित गर्नु हुदैन किनकि युद्धको आगो सल्किएर डढेलो लाग्यो भने अफगानिस्थान इराक सिरियामा झै त्यो युद्धको आगो निभाउन बर्षौ बर्ष लाग्ने छ र अकल्पनिय जन धनको क्षतिकासाथै हामि यस क्षत्रका मानिसहरुको जीवन लथा लिङ्ग र भयाबह हुने भएकाले पनि हामि भन्छौ ए ! इन्डियन मित्रहरु ! लडाई झगडा र युद्धको कुरा नगरौ ! यस क्षत्रको ठुलो देश भएको नाताले पनि ठुलो छाति बनाएर बिना शर्त हाम्रो भुभाग छाडि जानुहोस र हामि सबै मिलेर यस क्षत्रका जनताको सुख शान्ति र समृद्धि तर्फ एक भएर अघि बढ्न आ-आफ्नो सरकारलाई दबाब दिन र जनमत निर्माण गर्न म दुवै देशका न्यायप्रेमि जनताहरुसंग आग्रह गर्दछु !
हामि नेपाल र बिश्वभरका नेपालीहरुले एक्काईसौ शताब्दिमा आएर पनि लाटा देशको गाडा तन्देरि भएर आफु आफै बिच चाहि गमक्क फुलिएर खुट्टा तानातान गर्ने पराइको अघाढि चाहि लुते कुकुर झै भएर पुच्छर हल्लाउने दासत्व प्रवृति र सस्कारबाट बिउझिएर बुद्ध र बिश्व युद्ध अघिका गोर्खालि पुर्खाहरुको गौरवमय बिरासत र स्वाभिमानि सपना पुरा गर्दै आफ्नै खुट्टामा उभिएर स्वाभिमानिपुर्बक बाच्ने हो भने मागि खाने, गुनासो र दुखेसो पोख्ने सोच बोकेर नोकरिको नोकर भएर होइन नोकरि र पेशा व्यवसायलाई नोकर बनाउदै खुमचिएको सारा विश्वको संरक्षण र नेतृत्व गर्दै गुनासो सुन्ने र सम्बोधन गर्ने तर्फ सोचौ ! एक्काईसौ शताब्दिको जिम्मेवार मान्छे भएर यो सुन्दर संसारलाई अझ सुन्दर बनाऊ ! हाम्रो हेराई बुझाई गराई इतिहास र विश्वासलाई हाम्रै आखाले हेरौ हाम्रै हातले लेखौ
हाम्रै मनले हाम्रै लागि गरौ ! हाम्रै लागि बुझौ ! दास भएर होइन मान्छे भएर बाचौ र सबैलाई बचाऊ !
अहिलेको स्थितिमा हाम्रो भुभाग बचाउन र स्वाभिमान उठाउन के गर्ने त ?
१ . सानो देश इजरायलको इतिहास र बर्तमानबाट सिक्दै नेपाली मुलका नेपालीहरुको लागि दोहोरो नागरिकताको ब्यबस्था तत्काल गरौ र रास्ट्रिय सुरक्षा कोषको स्थापना गरि इन्डियन आर्मिमा भएका हाम्रा सम्पुर्ण नेपाली नागरिकहरुलाई बोलाई त्यहा रहदा खाईपाई आएको सेवा सुविधा र दर्जा कन्टिन्यु हुने गरि नेपाली सेनामा समाबेश गरौ र उनिहरुले इन्डियन सरकारबाट पाउने सेवा सुबिधा प्राप्तिको लागि पनि पहल गर्दै जाऊ !
२ . कालापानी लिपु लेक लिम्पियाधुरा क्षत्रबाट तत्काल निसर्त सैनिक क्याम्प नउठाए तत्कालिन ब्रिटिश ईस्ट इण्डिया कम्पनिसंग १८१६ मा भएको सुघौलि सन्धिलाई स्वतन्त्र इन्डियासंग भएको १९५० को सन्धिको धारा -८ ले खारेज गरि सकेको हुनाले हाम्रो सम्पुर्ण गुमेको भुभाग फिर्ता ल्याउने शान्तिपूर्ण औपचारिक अभियान शुरु गरि हालौ र हामि सैनिक युद्ध तिर भन्दा कुटनैतिक र न्याय सत्य मानवियता,करुणा शान्ति, मित्रता जस्ता नया नया बाटो( new approach)हरु खोज्दै अघि बढौ ! ढिलो छिटो चीनले हंग कंग र मकाऊ फिर्ता पाए झै पाउछौ पाउछौ र लिन्छौ यसमा कुनै दुबिदा छैन तर हक कुनै पनि हालतमा छाडनु हुदैहुदैन र नया गजराज मिश्र र चन्द्रशेखर उपाध्याय जस्ताहरुलाई पनि खबरदारी गरिरहनु पर्छ ! प्रोपोगण्डाको पछि लागेर उताउलो भई सत्रुलाई सघाउने होइन गम्भिर भएर समय पर्खिदै अघि बढिरहनु पर्छ सत्यको विजय भएरै छाड्छ !
३ . १८१६ को सुघौलि सन्धिमा हाम्रो तर्फबाट हस्ताक्षर गर्ने तत्कालिन राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाद्याय बिकेको थियो भनेर सप्रमाण हाम्रा बौद्धिक बर्गहरुले बोलिरहनु भएको छ र आज पनि ति त्यस्तै हाम्रा चरित्रहरुले गर्दा हामि र हाम्रो देश अपमानित मात्रै होइन, आत्मा हत्या नै गर्नु पर्ने सम्मको अबस्थामा गुज्रिरहेकाछौ ! त्यसैले अब बिदेशिको सहाराले सत्तामा पुग्ने र सत्तालाई घुमाएर देशद्रोहि गर्ने यदि हामि मध्य कोहिछौ भने आफ्नो बाबु आमा पुर्खा छोरा छोरि सन्तान दरसन्तान जीवन मृत्यु धर्ति र हाम्रा आराध्य देव श्री पशुपतिनाथ भगवानलाई सम्झि पश्चाताप गरौ र शहिद भएरै भए पनि आफु जन्मिएको देश र समाजलाई स्वाभिमानको बाटोमा हिडाउने प्रण गर्दै सुन्दर शान्त विश्वको मार्ग निर्माणमा नया पुस्तालाई संकेत दिएर जाऊ !
४ . यो अपमान र संकटको समय कुर्सि र जस अपजसको लडाई होइन, एक भएर रोग भोक , गरिबि अपमान अस्तित्व र मानव जातीको सुख शान्ति र समृद्धिको लागि लडौ ! सरकारमा बस्नेहरुले पनि बर्तमानमा देखिएको रास्ट्रिय सहमतिलाई रास्ट्रिय सहकार्य र एकताको साचोमा मिलाएर लाने विश्वासिलो आधारहरु तयार पार्दै अघि बढोस र बढनु पर्छ !
५ . Idea rule the World भन्ने नीतिलाई अख्तियार गरि पुजिलाई भन्दा पहिले पुजि जेनेरेट गर्न सक्ने रास्ट्रिय जनशक्तिहरुलाई आफ्नो देश र गाउहरुमा बस्न र केहि गर्न सक्ने बाताबरण बनाऊ ! सरकारि गैर सरकारि हरेक क्षत्रमा काम गर्नेहरुको तलब सुबिधा खान लाउन र सामान्य मनोरंजन गर्नलाई पुग्ने गरि दिने ब्यबस्था गरौ र भ्रस्टाचार गरेमा सर्बस्व सहित आजिबन काराबासको सजाय दिने ब्यबस्था गरौ !
६ . हरेक संबैधानिक निकायहरुलाई बलियो र स्वतन्त्र बनाऊ , कर्मचारितन्त्रलाई मालिक भएर होइन , सहजकर्ता बनेर करदाताहरुको सेवा र सहयोगिकोरुपमा प्रस्तुत गर्दै बिना प्रसासनिक झन्झट व्यापार ब्यबसाय संचालन र सार्बजनिक सेवा सुबिधा लिन सक्ने बाताबरण बनाऊ !
७ . हरेक कारोवारहरु पारदर्शी र सजिलो बनाउदै जसले बढि रोजगारि र रास्ट्रिय उत्पादनमा योगदान पुर्याउछ ति त्यस्ता ब्यबसायिहरुलाई बिशेष रास्ट्रिय सम्मान दिने ब्यबस्था गरिनु पर्छ ! राजनितिज्ञ र सरकारि कर्मचारीहरुबाट सर्बसाधारण र व्यबसायिहरुले अपमानित हुनु पर्ने वर्तमान प्रचलन पुरै हटाइनु पर्छ ! यी यस्ता व्यबस्थाहरु सिर्जना गरिए बढिमा १५ बर्ष भित्र नेपाल सिंगापुरको दाजोमा नेपालीहरुकै मिहिनेतले पुग्छ !
८ . नेपालले बाटोघाटो र बजारलाई मुख्य जोड दिदै असंलग्न र पंचशिलको आधारमा विश्वका सबै मित्र रास्ट्रहरुसंग समान सम्बन्ध कायम राख्दै सुघौलि सन्धिले गुमेको भुभागका दाज्यु भाइहरुको मन जित्ने ब्यवहारिक नीति तत्काल बनाई बिशेस सम्बन्धको सुमधुर बाताबरण कायम गर्दै जानु पर्छ ! अन्त्यमा म फेरि पनि भन्छु कि सार्क देशहरु बाहेक अन्य देशहरुमा बस्ने नेपालीहरुको लागि तत्काल इजरायलले झै दोहोरो नागरिकताको व्यबस्था गरिएन भने नेपाल र नेपालीहरुको भविष्य सुखद रहदैन !
मेरो आवाजहरु मेरो फाइदा र प्रचारको लागि होइन , मेरो देश मेरो संसार र बिश्व शान्तिको लागि मेरो मनको कुरा पोखेको हु अन्यथा भए क्षमा चाहन्छु !
– दुबोका यस सम्बन्धि अन्य लेखहरु
१ . नेपालले किन दोहोरो नागरिकता नीति अपनाउने ? – नेपाली पत्र शनिबार १२ पौष २०७६ |
२ . भारतीय शासकहरु आफ्नो गरीव जनता र साना छिमेकि रास्ट्रहरुलाई धम्काएर सत्ता टिकाउन खोजिरहेका छन – भ्वाइस अफ माउण्ट एभरेस्ट – श्रावण २०५५






