मगर संघ यूकेको ‘च्यारिटी गाला नाइट’ भव्य रूपमा सम्पन्न, तिन जना मगर कर्नेलहरुको उपस्थिति

SHARE:

बेलायत । मगर संघ यूकेले आयोजना गरेको ‘च्यारिटी गाला नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार, २८ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा सम्पन्नभएको थियो ।

कार्यक्रममा डा. हरि बुढा मगर (एमबिई) प्रमुख अतिथिका रूपमा सहभागी थिए भने विशेष अतिथिहरूमा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापा मगर र भारतीय सेनाका पूर्वकर्णेल बल बहादुर पुन मगर रहेका थिए। उक्त कार्यक्रममा तीन जना मगर कर्नेलहरू: बल बहादुर पुन मगर, तोल खाम्चा मगर र देवेन्द्र आले मगरको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन र दिवंगत आत्माहरूको चिरशान्तिका लागि दुई मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि, विशेष अतिथि, समाजमा उदाहरणीय कार्य गरेका संस्था तथा व्यक्तित्वहरू एवं नयाँ आजीवन सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको थियो।

सो अवसरमा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगरले वंशजको नागरिकतासम्बन्धी विषयमा धारणा राखेका थिए भने हिरा आले मगरले मगर युवाहरूसम्बन्धी बिषयको जानकारी गराएका थिए। त्यसैगरी प्रमुख अतिथि डा. हरि बुढा मगर र विशेष अतिथि कर्नेल बलबहादुर पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको तेस्रो चरणमा नेपालबाट बेलायत आएका लोकप्रिय कलाकारहरू विमता घर्ती मगर र सपना गाहा मगरले आ-आफ्ना सांगीतिक प्रस्तुति दिए भने ‘मगर गट ट्यालेन्ट’ का पूर्वविजेता मिलन थापा मगर र २०२६ का उपविजेता शक्ति पुन मगरले नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। सांस्कृतिक कार्यक्रमको सञ्चालन सांस्कृतिक सहसचिवहरू इन्दिरा थापा मगर र पवन राना मगरले गरेका थिए।

मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) को अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु श्रीस मगरले स्वागत मन्तव्य राखेका थिए। सुरक्षासम्बन्धी जानकारी सहसचिव मोहन आले मगरले दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव गोमान पुन मगरले गरेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लालु पुन मगरले च्यारिटी गाला कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरू, प्रमुख अतिथि, विशेष अतिथिहरू, मगर संघ यूकेका पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरू, शाखा समितिका अध्यक्ष तथा कार्यसमितिहरू र कलाकारहरूप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!