
एटा संवाददाता ।
लण्डन । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोट–३ मा ५० घर बिपन्न परिवारलाई खाद्यन्न राहत उपलब्ध गराएको छ । उक्त कार्यक्रमको संयोजन तथा सहजीकरण नेपाली वेलफेर सोसाईटी यु के ले गरेको थियो । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न संस्थाले राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका नून उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन । जुम मार्फत लाइभ गरिएको उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष तथा एनआरएनए युकेका सचीव जित रानाभाटले संचालन गरेका थिए । संस्थाका छयालीस भन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा आधारित उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि पुर्ब शिक्षा मन्त्री तथा रास्ट्रिय सभाका नेकपा सम्सदिय दलका नेता माननीय दिनानाथ शर्माले कोरोनाको महामारी बिरुद्धको लडाइँमा स्वदेश र बिदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउदै बिषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले मानवीय काम गरेको बताए । कोभीड–१९ बाट बिचलित नभई बेलायतमा रहेर पनि आफ्नो मातृभुमी र नागरिकप्रति उत्तरदायी हुने सहयोगीहातहरुप्रति शर्माले प्रसंशा गरेका थिए । राहत बितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले संघसंस्थाहरुको सहकार्यले आपूmलाई थप उत्साह जागेको अबगत गरे भने संस्थाका महासचिव मञ्जु भणडारीले संकटको बेला आफ्नो मातृभुमिप्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन् ।

स्थानिय रुपमा गलकोट नगरपालिका कि उपमेयर रेनुका काउचा, वडा अध्यक्ष बिरजङ्ग भण्डारी, नेकपा प्रतिनिधि चित्र सहानी, नेका प्रतिनिधि फमबहादुर खत्री, जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियान्ता अनिल नेपाली लगायतले राहत हस्तान्तरणमा सहजीकरण गर्नुका साथै आफ्नो भनाईमा विदेशमा बसेका नेपालीहरुले गरेको पुण्य कार्यको प्रसंसा गरेका थिए । जुम मार्फत नेपाल सरकार दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले कार्यक्रमको रुपरेखा प्रस्तुत् गर्दै सम्पूर्ण सहभागी तथा सहजकर्ताहरुलाई स्वागत गरे ।
बेलायतबाट जुम मार्फत सहभागी भएका समाजसेबीहरु मध्ये सस्थाका भाषा तथा सस्कृती बिभाग संरक्षक एवं पुर्ब अध्यक्ष हरि गोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ,सस्थाका उपाध्यक्ष तथा आइसिसी सदस्य लिलादेबी गुरुङ, सोसाईटी अफ नेप्लिज हाईली स्किल प्रोफेसनलका पुर्ब अध्यक्ष तथा एनआरएनए युके बिजनेस बिभागका सचिव पुण्य प्रसाद रेग्मी, सल्लाहकार श्याम शेरचन, एलएन पाण्डे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष श्रीमती शर्मिला हिराचनले सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद ज्ञापन तथा दाताहरुको उत्साहलाई प्रसंसा गर्दै कार्यक्रम सफल र सार्थक रुपमा संचालन भएको प्रष्ट पारिन् भने उपाध्यक्ष तथा कार्यक्रम संचालक रानाभाटले आरजीएनएस तथा नेपाली वेलफेर सोसाईटीले गर्दै आइरहेको राहत वितरण स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता र रोहबरमा मात्र गरिएको हुँदा नेपाल सरकारको एक द्वार प्रणालीलाई थप सहयोग भएको धारणा व्यक्त गरेको जीत रानाभाटले जानकारी दिए ।






