नेकपा संयुक्तका प्रदेशसचिव शर्मा सहित जनता समाजवादी पार्टीमा प्रवेश

SHARE:

हुम तमु

पोखरा, १३ असार

बैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टीमा विभिन्न पार्टीका आकर्षण बढेको छ। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकिकरण भई गठित जनता समाजवादी पार्टी नै मुलुकको अगुवाई गर्ने पार्टी बन्ने विश्वासका साथ शनिवार पोखरामा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव राम जुलुम शर्मासहित वडाई समाजका अगुवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो।

पोखरा सिर्जनचोकस्थित समाजवादी पार्टी पोखरा महानगरपालिका समितिद्धारा आयोजित कार्यक्रममा नेकपा संयुक्तका प्रदेश सचिव, वडाई समाजका केन्द्रीय सदस्यसहित कास्की सचिव शर्मा लगायत बडाई समाजका गोपाल ठाकुर, प्रमानन्द शर्मा, मिलन चौधरी, विमलादेवी सुतिहार,अनारकुमारी शर्मा, रामअवतार पास्वान, राजेश चौधरी, नागेन्द्र सुतिहार,रामभरोस ठाकुर लगायतले प्रवेस गर्नुभएको हो।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य तथा प्रदेश परिषद अधयक्ष सुन्दर गुरुङ, प्रदेश सचिव पार्वती जिसी, महानगर अध्यक्ष टिकाराम पौडेलले अबिर र खादा लगाएर स्वागत गर्नुभएको हो।

नवप्रवेशी राम जुलुम शर्माले मुलुकको नेतृत्व गर्ने, विभेदमुक्त नेपाल समृद्ध नेपाल नेपाल निर्माणका लागि हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने पार्टी जनता समाजवादी पार्टी भएकाले बैकल्पिक र भरोसायोग्य पार्टीमा आफुहरु प्रवेश गरेको बताउनुभयो। पुराना पार्टीहरु लुट्न मात्रै लागेका छन् तर जसमा उत्पिडन र विभेद अन्त्य गर्दै समृद्ध नेपाल निर्माणका अभियानमा जुटेकालाई सबै उत्पिडितहरु जसपामा संगठित बन्नुपर्ने उहाँको भनाई थियो।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश परिषद अध्यक्ष सुन्दर गुरुङले नवप्रवेशीलाई बधाई ज्ञापन गर्नुहुदै बैकल्पिक राजनीतिक शक्तिमा संगठित हुन सबैलाई आव्हान समेत गर्नुभयो। अरु पार्टीको धेरै हेरियो, देखियो मुलुक लुट्ने र डुवाउने, आफ्नो स्वार्थका लागि मात्रै राज्यसत्ता दोहन गरिरहेकाले बैकल्पिक शक्ति जनता समाजवादी पार्टीको राजनीतिक सिद्धान्त र भरोसा योग्य नेतृत्वको अगुवाईमा संगठित भई समतामुलक, पहिचानसहितको समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताउनुभयो।

पार्टीका महानगर अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा केन्दिय सदस्य एवं तमुवान राष्ट्रिय अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष शम्भु खाती,गण्डकी प्रदेश सचिव पार्वती जि सि, प्रदेश सदस्य कुलवहादुर भुजेल,गोपाल गुरुङ, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले स्वागत, शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो भने महानगर समिति उपाध्यक्ष राजु गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!