
रुद्र थापा, बेलायत । गत आइतबार ३० जुनका दिन मगर संघ युके अन्तर्गत गठन भएको उपसमिति “मगर मास्टर डिग्री तथा विद्यावारिधि“ बैठक तथा टेलिकन्फिरेन्स आधुनिक प्रबिधि जुममार्फत सम्पन्न भएको छ । कोबिड १९ को कारणले गर्दा जुमद्वारा टेलिकन्फिरेन्स तथा बैठक बसेको हो । बैठक बस्नुको मुख्य उद्धेश्य मगर मास्टर डिग्री तथा विद्यावारिधिको लागि स्थापना भएको अक्षयकोषलाई व्यवस्थित गरेर कसरी ब्यबस्थित तरिकाले संचालन गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । मगर मास्टर डिग्री तथा विद्यावारिधि अक्षयकोषको धनराशी नेपाली रुपैयाँ एक करोडको रहेको छ । उक्त एक करोडको अक्षयकोषबाट बर्षेनी आउने ब्याजबाट नेपालमा मास्टर डिग्री तथा विद्यावारिधि गर्दै गरेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्ने लक्ष्य लिनुको साथै मगर संघ युकेले गत बर्षदेखि उक्त छात्रवृति वितरण कार्यक्रम संचालन पनि गरिसकेको छ ।
बैठकमा मगर संघ युकेका कोषाध्यक्ष होम रोकाले गत बर्षको नोभेम्बरमा आयोजित च्यारिटी कार्यक्रमको आर्थिक प्रतिबेदन प्रस्तुत् गर्नुको साथै मगर संघ युकेले सन २०१५ नोभेम्बर देखि एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको भएतापनि सन २०१९ नोभेम्बरको च्यारिटी कार्यक्रममा उक्त लक्ष्यले पूर्णता पाएको अबगत गराएका थिए । त्यस्तै, मगर संघ युकेका सल्लाहकार तथा मगर मास्टर डिग्री तथा विद्यावारिधि नेपाल च्याप्टरका संयोजक मेजर कृष्ण कुमार आले बिईएमले नेपालमा रहेको मगर मास्टर डिग्री तथा विद्यावारिधिको बैंक खातामा रहेको बचत खाता र चल्ती खाताको आर्थिक प्रतिबेदन पेश गर्नुको साथै बचत खातामा रहेको रकम सन् २०२० नौं जुलाईमा म्याचुएर हुने अबगत गराएका थिए ।
मगर संघ युकेका अध्यक्ष ले. सुनिल रानाले मगर मास्टर डिग्री तथा विद्यावारिधि अक्षयकोषको लक्ष पुरा गराउनमा सहयोग गर्ने मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, संरक्षकहरु, सल्लहाकारहरु, कार्यसमितिहरु, शाखा समितिका अध्यक्षहरु तथा कार्यसमितिहरु लगायत सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिनुको साथै उक्त अक्षयकोषलाई तथा अक्षयकोषबाट आउने रकमलाई ब्यबस्थित र प्रभावकारी बनाउन सके मगरहरुको हित परिणाममुखी भूमिका खेल्ने बताएका थिए । उनले मास्टर डिग्री तथा विद्यावारिधि गर्दै गरेका मगर विद्यार्थीहरुलाई हौसला दिदै राज्यको हरेक निकायमा उपस्थित गराउन सके मात्र मगरहरुको केहि लक्ष्य पुरा हुने तर्क पेश गरेका थिए । उनले मगर संघ युकेको नाममा नेपाल सरकारमा दर्ता भएको र संस्थाको नाममा बैंक खाता खोलिसकेको लगायत मास्टर डिग्री अध्ययन गर्दै गरेका अमृता सरु, मेनुका राना र अनिल थापालाई छात्रवृति पनि प्रदान गरिसकेको भनेर अबगत गराएका थिए । मगर संघ युके केन्ट शाखाका अध्यक्ष तथा विधान समितिका अध्यक्ष क्याप्टेन राम पुनले मगर मास्टर डिग्री तथा विद्यावारिधिको अक्षयकोषलाई संचालन गर्ने निर्देशिका मगर संघ युकेको विधानको अनुसूचिमा संलग्न गराइएको अबगत गराउनको साथै मगर मास्टर डिग्री तथा विद्यावारिधिका उपसमिति नेपाल च्याप्टर सक्रिय रहेको तर युके च्याप्टर निस्कृय रहेको आरोप लगाएका थिए ।
बैठकमा उपस्थित सदस्यहरुले मगर मास्टर डिग्री तथा विद्यावारिधि छात्रवृति वितरणको बारेमा आ–आफ्नो मनशाय तथा धारणा ब्याक्त गर्नुको साथै ब्यापक छलफल भएको छ । छात्रवृति वितरण छलफलको क्रममा क्याप्टेन राम पुनले मगर संघ युके र मगर मास्टर डिग्री तथा विद्यावारिधि निर्देशिका अनुरुप जान पर्छ भन्ने धारणा राखेका थिए भने अध्यक्ष ले. सुनिल रानाले आ–आफ्नो धारणा राख्नु तथा यस बिषयमा ब्यापक छलफल गर्नु सकरात्मक पक्ष भएपनि केहि समयसम्म विधान र निर्देशिका अनुरुप जान पर्नेमा जोड दिएका थिए । बैठकमा केहि सदस्यहरुको जिज्ञासाको उत्तर दिदै मगर मास्टर डिग्री तथा बिध्याबारिधिका अधिवक्ता चेत आलेले दर्ता प्रक्रिया, नबिकरण प्रक्रिया, लेखा परिक्षणको बारेमा प्रष्ट पारेका थिए ।
मगर संघ युकेका अध्यक्ष ले. सुनिल रानाको अध्यक्षमा सम्पन्न बैठकलाई संस्थाका महासचिब रुद्र थापाले संचालन तथा स्वागत मन्तब्य दिएका थिए । बैठकमा मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, ट्रष्टीहरु, उपाध्यक्षहरु, लगायत मगर मास्टर डिग्री तथा विद्यावारिधिका युके तथा नेपाल च्याप्टरका सदस्यहरुको बिशेष उपस्थिति रहेको मगर संघ युकेले जनाएको छ ।






